Tuesday, November 28, 2023
Homeसम्पादकीयनियमित अनुगमन गर

नियमित अनुगमन गर

- Advertisement -spot_img

सम्पादकीय
बजार सुधार हुन सकेको छैन् । मनपरीरूपमा अखाद्यवस्तुको मिसावट, बिक्री वितरण, मूल्यमा फरक, सरसफाईको कमीजस्ता समस्या अहिले पनि छन् । बजारमा नियमितजसो हुने अनुगमनले बजार सुधार हुन नसक्दा उपभोक्ता पाइला–पाइलामा ठगिन बाध्य छन् । चाडपर्वको समयमा झन् सबैभन्दा बढी किनमेल हुने हुँदा उपभोक्ता बढी ठगिने गरेका छन् । सोमबारमात्रै छवटा मिठाई उद्योगमा अनुगमन गरिएको छ । तिमध्ये तीनवटामा मात्रै सन्तोषजनक देखिएको छ ।

तीनवटामा मापदण्डभन्दा बढी रङको प्रयोग, सरसफाईमा कमी देखिएको छ । बजारमा म्याद नाघेका वस्तु र लेबल बिनाका सामान बिक्री गर्ने गरिएको छ । खान नहुने अखाद्यवस्तुको पनि बिक्री हुँदा उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड भइरहेको छ । उपभोक्तामा पनि सचेतना पुग्न सकेको छैन् । व्यवसायी पनि जिम्मेवार बन्न सकेका छैन् । केही व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोक्ता मारमा परेका छन् ।

सरोकारवाला निकायले पनि अनुगमन औपचारिकतामा सीमित गर्ने गरेका छन् । यसकारण पनि बजारको अवस्था सुधार हुन सकेको छैन् । उपभोक्ता अधिकार सुरक्षित गर्न प्रभावकारी काम भएको छैन् । हरेक पटकको अनुगमनको क्रममा समस्या देखिन्छन् । तर सम्बन्धित व्यवसायीले सुधार गर्नतर्फ ध्यान दिदैनन् । पटक–पटक समस्या दोहो¥याउँदा पनि कारवाही हुन नसकेको उपभोक्ताको गुनासो पनि छ । व्यवसायी जिम्मेवार बन्न नसक्दा उपभोक्ताहरू ठगिन बाध्य छन् ।

तिहारमा अत्याधिक बिक्री हुने मिठाईमा रङको प्रयोगले पनि स्वास्थ्यमा गम्भीर असर पार्ने गरेको छ । उपभोक्ता पनि सचेत हुन नसक्दा व्यवसायीले दिनदहाडै ठगीरहेका छन् भन्ने उदाहरण प्रशस्त भेट्न सकिन्छ । किनभने हरेक पटकको अनुगमनमा एउटै किसिमको समस्या देखिरहेको छ ।

यसकारण पनि व्यवसायीबाट उपभोक्ता ठगिरहेका छन् भन्ने प्रष्ट देखिएको छ । उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि नियामक निकायको सक्रियता बढ्नुपर्छ । अटेरी गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउन नियामक निकायले खुट्टा कमाउनु हुँदैन् । उपभोक्ता ठगिरहेको अवस्थामा राज्यले नियामक निकायलाई सक्रिय बनाउनुपर्छ ।

बिगतदेखि नै एउटै समस्या दोहोरिने गरेका छन् । यस्तो अवस्थामा पनि सम्बन्धित व्यवसायीमाथि राज्यको निगरानी बढ्नुपर्छ । उपभोक्ता अधिकार असुरक्षित भइरहेकोले राज्यले उपस्थिति देखाएर गलत नियतले कमाउन खोज्ने व्यवसायीलाई कारबाही गर्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here