Friday, January 24, 2025
Homebreaking-newsमिठाई उद्योगमा अनुगमन, रङको बढी प्रयोग, सरसफाईमा कमी

मिठाई उद्योगमा अनुगमन, रङको बढी प्रयोग, सरसफाईमा कमी

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, २१ कार्तिक । भित्ताहरू फोहोर छ । मिठाई बनाउने भाँडाहरू सरसफाई गरिएको छैन् । पकाउने भाँडा नजिकै फोहोर राखिएको छ । अरू सामान पनि अस्तव्यस्त रूपमा राखिएको छ । मिठाई बनाउने ठाउँ नजिकै शौचालय छ । शौचालयको गन्ध पकाउने ठाउँसम्म सजिलै आइपुग्छ । तुलसीपुरको बाहिनी चोक नजिकै रहेको दुर्गा स्विट हाउसमा देखिएको समस्या हो यो ।

तिहारमा सबैभन्दा बढी बिक्री हुने मिठाईको उत्पादन गर्ने ठाउँ नै व्यवस्थित छैन् । सोमबार दिउँसो अनुगमनमा पुगेको टोलीले दुर्गा स्विट हाउसमा सरसफाईको कमी देखेपछि सरसफाईमा सुधार गर्न निर्देशन दिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताईन् ।

‘तिहारको समयमा अत्याधिक बिक्री हुने मिठाई बनाउने उद्योगमा अनुगमन गरेका छौँ, त्यस अवस्थामा सबैभन्दा बढी समस्या दुर्गा स्विट हाउसमा देखिएको छ’ उनले भनिन्–‘मिठाई उत्पादनका लागि आवश्यक न्यूनतम मापदण्ड पनि पालना नगरेको भेटेका छौँ ।’ सरसफाईको कमी भएपछि सुधार गर्नका लागि सुझाव दिएको उनले बताईन् ।

‘समस्या देखिएको दुर्गा स्विट हाउसमा पहिलो पटक सुधार गर्न सुझाव दिएका छौँ’ उनले भनिन्–‘सुधार भए/नभएको अर्को पटक फेरि अनुगमन गछौँ, यदि फेरि पनि सुधार नभएको पाइएमा आवश्यक कारर्बाही प्रक्रिया अघि बढाउँछौँ ।’ आफूहरूको व्यवसायीलाई दुःख दिने नियत नभएको तर व्यवसाय व्यवस्थित गराउन आवश्यक खबरदारी गरिरहेको उनले बताईन् ।

‘तिहारको मौकामा अत्याधिक बिक्री हुने मिठाई बनाउने ठाउँको अनुगमन गरिएको हो’ उनले भनिन्–‘अनुगमनको क्रममा केही उद्योगमा समस्या देखिएको छ ।’ अनुगमनको क्रममा पाण्डे जलपान गृहमा पनि उत्पादन हुने ठाउँमा सरसफाईको कमी देखिएको छ भने अखाद्यवस्तुको मिसावट भएको भेटिएको अनुगमन टोलीले फेला पारेको छ ।

मिठाईमा रङको प्रयोग पनि मापदण्डभन्दा बढी प्रयोग गरेको देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले बताए । ‘मिठाई बनाउन रङको प्रयोग मापदण्डभन्दा बढी प्रयोग गरिएको भेटिएको छ’ उनले भने– ‘पाँच किलोमा बढीमा एक ग्राम रङ प्रयोग गर्न सकिनेमा त्यो भन्दा बढी प्रयोग गरेको देखिएको छ ।’

मिठाईमा प्रयोग गरिएको रङले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने उनले बताए । ‘खाद्यवस्तुमा रङको प्रयोग धेरै भएमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउन सक्छ’ उनले भने–‘त्यसैले पनि मिठाई उद्योगको अनुगमन गरिएको हो ।’ तुलसीपुर–७ मा रहेको वीरगञ्ज मिठाई तथा दालमोट उद्योगमा पनि सरसरफाईमा कमी देखिएको छ ।

उद्योग सञ्चालनको अनुमति नलिई उद्योग सञ्चालन गरेको, मिठाई बनाउने ठाउँमा सरसफाईको कमी, प्याकिङको अनुमति नलिएको तर भाइ मसला प्याकिङ गरेको फेला परेपछि तत्काल प्याकिङमा रोक लगाइएको छ । अनुगमन टोलीले भाइ मसला प्याकिङ गरिरहेको फेला पारेको हो । प्याकिङको अनुमति नभएपनि प्याकिङ गरेर बजारमा पठाउने गरेको फेला पारेको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताईन् ।

‘भाइमसला प्याकिङ गरेर बिक्री वितरणमा रोक लगाएका छौँ’ उनले भनिन्– ‘मिठाई उद्योग पनि आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएका छौँ । छवटा मिठाई उद्योगमा अनुगमन गरिएको तीनवटामा अत्याधिक समस्या देखिएको छ । तीनवटामा सन्तोषजनक रहेको भेटिएको छ । तुलसीपुरको लक्ष्मी स्विट हाउस, सजना मिष्ठान भण्डार र लक्ष्मी नास्ता भण्डारमा मिठाई बनाउने ठाउँमा सन्तोषजनक देखिएको छ भने अरू तीनवटामा समस्या देखिएको हो ।

सोमबार तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरी, तुलसीपुर उद्योग वाणिज्य संघको प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा समस्या देखिएका ठाउँमा सुधार गर्न सुझाव दिएको छ । अटेर गरेमा कारबाही गर्ने चेतावनीसमेत दिएको शर्माले बताईन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here