Wednesday, September 11, 2024
Homebreaking-newsप्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता, प्रदेशलाई तेक्वान्दोको हब बनाउनुपर्छ : मुख्यमन्त्री चौधरी

प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगिता, प्रदेशलाई तेक्वान्दोको हब बनाउनुपर्छ : मुख्यमन्त्री चौधरी

- Advertisement -spot_img

जीतसागर जी.एम.
तुलसीपुर, १८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले लुम्बिनी प्रदेशलाई तेक्वान्दोको हब बनाउन सकिने बताएका छन् । दाङको तुलसीपुरमा शुक्रबारदेखि सुरु भएको लुम्बिनी प्रदेशस्तरिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशलाई तेक्वान्दोको हब बनाउन आवश्यक लगानी गर्न प्रदेश सरकार तयार भएको बताए ।

‘लुम्बिनी प्रदेशस्तरिय प्रतियोगिताले पनि खेलाडीको हौसला थपेको छ ।’ उनले भने–‘प्रदेशभरमा नै तेक्वान्दो खेलप्रतिको आकर्षण बढाउनका लागि आवश्यक लगानी गर्न प्रदेश सरकार तयार छ ।’ उनले प्रदेशको तेक्वान्दो नेतृत्व तुलसीपुरले गरेकोले पनि तेक्वान्दो खेलको विकासमा तुलसीपुरको भूमिका अझै बढी महत्वपूर्ण रहेको बताए । ‘तेक्वान्दो खेलको विकासमा तुलसीपुरले महत्वपूर्ण भूमिका खेल्नेछ ।’ उनले भने–‘प्रदेशमा नेतृत्व तुलसीपुरले पाएकाले पनि यसको विकासमा थप सहयोग पुग्ने छ ।’

उनले कुनै पनि खेलले नेपाल र नेपालीलाई विश्वसामु चिनाएको बताए । ‘तेक्वान्दो खेलले पनि विश्वमा नेपालीलाई चिनाएको छ ।’ उनले भने–‘अब यस प्रतियोगिताले पनि तेक्वान्दो खेलप्रतिको आकर्षण बढाउने छ । उनले तुलसीपुरका संघको कार्यालयको भवन निर्माण भएको र काठमाडौँ पछि सुविधा सम्पन्न भवन बनेको समेत बताए । प्रदेशको सबै कुरा एक ठाउँमा मात्र हुनुपर्छ, भन्ने मान्यतामा आफू नरहेको भन्दै उनले दाङलाई तेक्वान्दो हब बनाएर अन्य जिल्लालाई अरुको हबको रुपमा विकास गरिने समेत बताए ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ जिल्लाका साथै कर्णाली प्रदेशको एउटा जिल्ला सल्यानलाई पनि सहभागीता छ । तेक्वान्दो संघ गठन आठ वटा जिल्लाहरुबाट खेलाडी सहभागी भएको लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए । ‘लुम्बिनी र कर्णालीका गरी नौ जिल्लाबाट खेलाडी सहभागी छन् ।’ उनले भने–‘प्रतियोगितामा निकै उत्साहजनक सहभागिता छ ।’ प्रतियोगितामा २१ वर्ष मुनिका विद्यालय तथा क्लवमार्फत खेल खेलिरहेका खेलाडी सहभागी छन् । प्रशिक्षक र खेलाडी गरि तुलसीपुरमा झन्डै साढे आठ सय जना आएका छन् ।

प्रतियोगिता सुरु हुनु पूर्व शुक्रबार बिहान तुलसीपुरको बसपार्कबाट प्रभात फेरि गरिएको थियो । प्रतियोगिता शुक्रबार बिहानदेखि सुरु भएको भएपनि दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गरेका हुन् । खेलाडी र प्रशिक्षक गरी साढे आठ सय बढी पाहुना तुलसीपुरमा आएपछि तुलसीपुरका सबै होटेल बिहीबारदेखि नै भरिभराउ भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले खेलाडी तथा प्रशिक्षकले तुलसीपुरका सबै होटेलहरु भरिभराउ भएपछि होटेल सञ्चालक उत्साहित भएको बताए ।

लुम्बिनी प्रदेश तेक्वान्दो संघका सचिवसमेत रहेका केसीले तुलसीपुरका सबै होटेलहरुमा बाँडेर खेलाडी तथा प्रशिक्षक राखिएको जानकारी दिए । प्रतियोगिता आजको दिनसम्म चल्ने आयोजकले जनाएको छ । तेकवान्दो संघ लुम्बिनी प्रदेशको मुख्य कार्यालय तुलसीपुरमा भएका कारण पनि तुलसीपरमा प्रदेशस्तरिय प्रतियोगिता आयोजना गरिएको तेक्वान्दो प्रशिक्षक सुमन घलेले बताए । ‘प्रतियोगिताले खेलाडीमा हौसला थपेको छ ।’

उनले भने–‘प्रतियोगिताले खेलाडीमा निखारत ल्याउनमा महत्वपूर्ण भूमिका खेल्दछ । ठुलो संख्यामा खेलाडी सहभागी भएकाले पनि अन्य ठाउँमा प्रतियोगिताको आयोजना गर्न नसकिएको उनले बताए । ‘प्रतियोगिता हलभित्र पनि सञ्चालन गर्न सकिन्थ्यो, तर खेलाडी धेरै उपस्थित हुने भएपछि अरनिको मैदानको छनौट गरेका हौँ ।’

शौचालय नहुँदा समस्या

अरनिको मैदानमा व्यवस्थित शौचालय समेत छैन् । तुलसीपुरको मुटुमै रहेको खेलमैदानमा शौचालय नहुँदा विभिन्न समयमा आयोजना हुने कार्यक्रममा निकै समस्या हुने गरेको छ । शुक्रबार पनि लुम्बिनी प्रदेशस्तरिय तेक्वान्दो प्रतियोगितामा खेलडी र खेलप्रेमी उपस्थित थिए । तर मैदानमा परिसरमा व्यवस्थित शौचालय नहुँदा समस्या भएको खेल प्रशिक्षिक सुशिल श्रेष्ठले बताए । ‘तुलसीपुरकै पुरानो खेल मैदान अझै व्यवस्थित छैन् ।’

उनले भने– ‘अरनिको मैदानको व्यवस्थित गर्नका लागि हामी खेलाडीले धेरै प्रयास गरेका छौँ, यसकारण अहिलेसम्म केही भएपनि बचेको छ ।’ मैदान परिसरमा शौचालय नहुँदा शुक्रबार तेक्वान्दो प्रतियोगितामा आएकालाई समस्या बनेको उनले बताए । ‘आयोजकले नगरविकास र तुलसीपुर खानेपानीसंगको सहकार्यमा एउटा अस्थायी शौचालय व्यवस्था गरेको छ ।’ उनले भने–‘एउटा मात्रै शौचालय हुँदा समस्या भयो, अन्य समयमा पनि शौचालय नहुँदा समस्या हुने गरेको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here