Saturday, April 27, 2024
Homebreaking-newsनेपाल विश्वकपमा छनौट

नेपाल विश्वकपमा छनौट

- Advertisement -spot_img

दाङ, १८ कार्तिक । नेपाल विश्वकप क्रिकेट खेल्नका लागि छनौट भएको छ । स्पीनरहरूको सटीक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।

नेपाल टि २० विश्वकपमा चयन भएको यो दोस्रो पटक हो । दश वर्षपछि विश्वकपमा पुनरागमन गरेको नेपालले सन् २०१४ मा बङ्गलादेशमा भएको टि २० विश्वकप खेलेको थियो । त्यसपछि नेपाल लगातार अन्तिम समयमा विश्वकपमा छनोट हुनबाट वञ्चित हुँदैआएको थियो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई दस विकेटले हराएर ओमान पनि विश्वकपमा खेल्न योग्य बन्यो । आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ ।

विश्वकप टि २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । सो प्रतियोगितामा अहिलेसम्मकै सबभन्दा बढी २० टिमको सहभागिता रहने छ ।

स्पीनरहरूको प्रभावशाली प्रदर्शन

मुलपानी क्रिकेट मैदानको पिचमा नेपालका तीन स्पीनर सन्दीप लामिछाने, कुशल मल्ल र कप्तान रोहित पौडेलले घातक बलिङ गरेर युएईको पालिलाई सामान्य स्कोरमा सीमित पारे । समूह चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा नै खेलेको युएईले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३४ रनको सामान्य स्कोर तयार पारेको थियो ।
नेपालले सजिलै १७.१ ओभरमा दुई विकेटको क्षतिमा १३५ रन बनाएर लक्ष्य हासिल गरेको छ ।

युएईको पालिमा सन्दीप, कुशल र रोहित मिलेर आठ ओभरमा मात्र ३१ रन खर्चेर छ विकेट निकालेका थिए । सन्दीपले विशेषरूपमा चार ओभरमा मात्र १४ रन खर्चेर दुई ब्याट्सम्यानलाई आउट गरेर युएईको पालिलाई धरापमा पारे । कुशल र रोहितले तल्लो क्रमका ब्याट्सम्यानलाई आउट गरेर युएईका पालिलाई कुनै समय लयमा फर्किन दिएनन् । कुशलले तीन ओभरमा ११ रन खर्चेर तीन र रोहितले एक विकेट लिए ।

प्रारम्भिक बलर सोमपाल कामीले पनि नयाँ बलको साथमा प्रभावशाली बलिङ गरे । उनले युएईका विस्फोटक ब्याट्सम्यान तथा कप्तान मोहम्मद वासिमलाई क्याच आउट गरेर नेपाललाई खेलमा फर्काएका हुन् । वासिम आउट हुनुअघि १६ बलमा तीन चौका र दुई छक्कासहित २६ रन बनाएर खतरनाक देखिएका थिए । युएईको पालि युवा ब्याट्सम्यान वृत्य अरविन्दका कारण सम्माजनक बनेको हो । अरविन्दले ५१ बलमा सर्वाधिक ६४ रन बनाए ।

उनको पालिमा आठ चौका र दुई छक्का सामेल थियो । प्रारम्भिक ब्याट्सम्यान आसिफले ५२ बलमा सात चौका र एक छक्कासहित अविजित ६४ रन बनाएपछि नेपालको जित सहज बन्यो । कप्तान रोहित पौडेल पनि २० बलमा दुई चौका र दुई छक्कासहित ३४ रन बनाएर अविजित रहे । यसैगरी कुशल भुर्तेलले ११ र गुलसन झाले २२ रन बनाए । युएईका लागि निलांश केस्वानी र बासिल हामिदले एक–एक विकेट लिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here