सम्पादकीय
राप्ती प्रादेशिक अस्पतालको अस्पताललको जग्गा ४६ हजार ५ सय ६१ वर्गमिटर रहेको छ । त्यसमा केही जग्गा उपभोग भएपनि केही जग्गा अतिक्रमणमा छ । तर अतिक्रमणमा कति जग्गा परेको भन्ने एकिन छैन् । अस्पतालको कित्ता नम्बर ५ (घ), कित्ता नम्बर ८५ का दुबै कित्ताको जग्गा अतिक्रमणमा छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को कित्ता नम्बर ५ (घ) को ७८ मा २० घर पररिवारले संरचना बनाएर बसेका छन् ।
यसैगरी कित्ता नम्बर ८५ मा १४ जना व्यक्तिहरूको नाममा संरचना बनेका छन् । अस्पताल स्तरोन्नीति हुने क्रममा छ । प्राथमिक स्वास्थ्य केन्द्रबाट राप्ती अञ्चल अस्पताल हुँदै २०७५ सालमा प्रादेशिक अस्पताल बनेको राप्ती प्रादेशिक अस्पतालले सेवा विस्तारका लागि आफ्नै जग्गा उपयोग गर्न पाएको छैन् ।
अस्पतालले जग्गा फिर्ता ल्याउन चुनौती देखिएको छ । अस्पतालको श्रेस्ता नाममा भएको जग्गामा धेरै समय अगाडिदेखि बस्दै आएकोले हाल बसिरहेको ठाउँमा जान नमान्नु प्रमुख चुनौती रहेको छ । अतिक्रमित जग्गामा बनेका घरटहरा हटाउन अस्पतालले ९० दिन, ४५ दिन, ३५ दिन र १५ दिने सूचनासमेत जारी गरिसकेको छ । त्यति मात्रै नभएर विभिन्न राजनीतिक दल, अस्पताल प्रशासन, स्थानीय सरकार र अस्पतालको जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिहरूसँग धेरै पटक छलफल गरिए पनि जग्गा फिर्ता ल्याउन सकिएको छैन् । अस्पातलले अतिक्रमण गरेर बसेका व्यक्तिहरूलाई अस्पतालको जग्गा छोडेर जान भनिएको छ । तर अस्पतालको सूचना अटेरी भइरहेको छ ।
अस्पतालको स्थापनादेखि हालसम्म ११ जना मेडिकल सुपरिटेन्डेन्ट र ६ जना अस्पताल व्यवस्थापन समितिको अध्यक्ष फेरिएका छन् । अतिक्रमित जग्गामा बनेका संरचना हटाउन अस्पतालको प्रयास नभएको होइन् । तर अस्पतालको जग्गा अझै फिर्ता लिन सकिएको छैन् । जग्गा फिर्ता आउने कुनै संकेत पनि देखिएको छ । अतिक्रमण गरेर बसेका व्यक्तिहरूले अस्पतालको जग्गा खाली गर्नुपर्छ । अस्पतालले पनि वास्तविक सुकुम्वासी हुन होइनन्, पहिचान गरेर उनीहरूको व्यवस्थापन सही ढंगले गर्नुपर्छ ।