Thursday, February 13, 2025
Homeसम्पादकीयस्थानीय उत्पादनलाई प्रोत्साहन गर

स्थानीय उत्पादनलाई प्रोत्साहन गर

- Advertisement -spot_img

सम्पादकीय
तिहारमा पछिल्लो समय फूल स्थानीय उत्पादनको प्रयोग बढ्न थालेको छ । स्थानीयस्तरमा उत्पादन हुन थालेपछि प्लाष्टिकका फूल आयातमा कमी आउन थालेको छ । पुष्पखेती बढ्दै जाँदा बाहिरबाट आयात गर्नुपर्ने बाध्यता टर्न थालेको छ । व्यक्तिगत मात्रै नभई संस्थागत रूपमा समेत पूmलको खेती गर्ने किसानलाई सरकारले समेत प्रोत्साहन गरेको छ । दाङमा चार पालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न प्लाष्टिका फूलमालामा प्रतिबन्ध लगाएका छन् ।

त्यतिमात्रै नभएर दुई पालिकाले पुष्प व्यवसायीका नाम र नम्बरसमेत सार्वजनिक गरेका छन् । यसले स्थानीय उत्पादनमा लागेका व्यवसायीलाई थप हौसला थपेको छ । दाङमा यसवर्ष २२ बिघा बढी जमिनमा फूल खेती भएको छ । कतिपय व्यवसायीले बाह्रै महिना फूलखेती गर्ने गरेका छन् भने कतिपयले चाडपर्वको बेलामा मात्रै फूलखेती गर्ने गरेका छन् ।

यसले गर्दा चाडपर्वको बेलामा आयातित माला प्रयोगमा समेत कम हुँदै गएको छ । तिहारमा विशेष गरी सयपत्री र मखमली फूलको प्रयोग हुन्छ । सयपत्री फूलको तुलनामा मखमली फूलको उत्पादन कम हुने गरेको छ । तर पनि पछिल्लो समय फूलखेती भने बढ्दो क्रममा रहेको छ । थोरै लगानी र मेहनतमा राम्रो आम्दानी हुने भएपछि व्यवसायीहरू यसतर्फ आकर्षित भएका छन् । यसको बजारीकरणमा अहिलेसम्म समस्या छैन् ।

अब विस्तारै उत्पादन बढ्दै जाँदा केही समस्या हुन सक्छ । यसकारण पनि बजारीकरण गरिदिनुपर्ने व्यवसायीको माग पनि । चाडपर्वको समयमा मात्रै नभएर अन्य समयमा पनि विभिन्न कार्यक्रममा खादाको सट्टा फूलको मालाको प्रयोग बढ्न सकेपछि फूलको बजारीकरणमा थप सहजता आउने देखिएको छ ।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि बाहिरबाट आयात हुने फूलको विस्थापन गर्न सरकारले आवश्यक नीतिहरू बनाउनुपर्छ । फूलखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । फूलखेती बढ्दै जाँदा बजारीकरणमा आउन समस्या आउन सक्छ । अर्कोतर्फ फूलेका फूल समयमा बिक्री नभएमा चिस्यान केन्द्रमा राख्ने व्यवस्था छैन् ।

यसतर्फ पनि सरकारले ध्यान दिन आवश्यक छ । कम्तिमा पनि १५ दिनसम्म राख्न सक्ने वातावरण भएमा फूलको बजारीकरण हुनसक्छ । अहिले तिहार आउन दुई साता बाँकी हुँदा नै फूल फूलिसकेको छ । यसलाई तिहार आउने बेलासम्म राख्न नसकेपछि व्यवसाय घाटामा जान सक्छ । स्थानीय फूलको उत्पादनदेखि बजारीकरणमा सरकारको ध्यान पुग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here