Tuesday, November 28, 2023
Homeसम्पादकीयसडक मानवको उद्धार गर

सडक मानवको उद्धार गर

- Advertisement -spot_img
मान्छेले कार किन्दै गर्दा संस्कार हराउन थालेको छ । अर्थात् जन्म दिएका छोराछोरी साथमा छैनन् । कतिपय बाध्यताले छोराछोरी टाढा होलान् तर कतिपयमा संस्कार हराउँदै जाँदा बुबाआमा घरमा सम्मानपूर्वक बस्न सकेका छैनन् । अहिले पनि कतिपय विभिन्न कारणले सडकमा आइरहेका छन् । सडकदेखि वृद्धाश्रममा ज्येष्ठ नागरिक आमाबुबा देख्न सकिन्छ । सन्तान नभएर भन्दा पनि सन्तानले घरमा सम्मानपूर्वक राख्न नसक्दा ज्येष्ठ नागरिक सडकमा आइरहेका छन् । मान्छेमा संस्कार हराउँदै जाँदा मानवीयता संकटमा परेको छ । कोही नहुनेहरूलाई भने मानव सेवा आश्रमले सेवा दिइरहेको छ । छाना, नाना र खाना दिने गरी धेरै सडक आश्रित नागरिकको पालनपोषण मानवसेवा आश्रमले गरिरहेको छ ।
जो मान्छेको परिचय छैन् । उनीहरूलाई राख्नका लागि पनि मानव सेवा आश्रमले ठूलो भूमिका खेलिरहेको छ । तर अहिलेसम्म मानव सेवा आश्रम मुठीदानले चलिरहेको छ । सहयोगी दाताको भरमा सञ्चालित मानव सेवा आश्रमलाई सरकारले गर्नुपर्ने जति सहयोग गरेको छैन् । सडकलाई मानवमुक्त बनाउने उद्देश्यका साथ सडक मानवहरूको उद्धार अभियान तिब्र बनेको छ । हरेक नेपालीले खाना बस्न पाउनु भनेको संविधानको मौलिक हक हो । त्यसैले पनि विशेषगरी सडक पेटी र सार्वजनिक स्थलमा रहेका बेसहारा मानिसहरूलाई आश्रम पालनपोषण गर्नुपर्छ । आश्रमले परिवार भएका व्यक्तिलाई परिवारमै पालनपोषणको व्यवस्था गर्ने गरी पुनर्मिलन पनि गरिरहेको छ । त्यसैले पनि अहिले त मानव आश्रमको आफ्नै परिचय बनेको छ ।
सडक मानवको उद्धार सेवामा लाग्ने मानव सेवा आश्रमका सिङ्गो टिमलाई हार्दिक सलाम छ । आश्रमले थालेको अभियानमा सबै नागरिक जोडिनुपर्छ । कुनै पनि मानवलाई सडकमा आउन नदिने वातावरणको सिर्जनासमेत गर्नुपर्छ । सबै नागरिक घरमा सम्मानपूर्वक बाँच्न सकेपछि सडकमा आउने मानवको संख्या घट्दै जाने छ । धर्मका लागि ढुंगालाई ढोगौँ केही भएन । तर सबैभन्दा ठूलो धर्म मानवीय सहयोग गर्न पनि नभुलौँ । कोही पनि मानव सडकमा आउनु नपरोस् । मानव सेवा आश्रमले गरेका कामलाई सबैको साथ र सहयोग आवश्यक छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here