Saturday, April 27, 2024
Homeखेलकुदनगरस्तरीय पुरूष भलिबल प्रतियोगिता हुने

नगरस्तरीय पुरूष भलिबल प्रतियोगिता हुने

- Advertisement -spot_img

तुलसीपुर, १३ कार्तिक ।
दाङको तुलसीपुरमा प्रथम नवयुथ कप पुरूष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयुथ क्लव तुलसीपुर–१ को समन्वयमा सञ्चालन हुने प्रतियोगिता यहि कार्तिक १७ गतेदेखि सुरू हुनेछ ।

तुलसीपुर–१ छोटे शिव मन्दिर खेल मैदानमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तुलसीपुर नगरभित्रका १९ वडाका टिमको सहभागिता रहने छ । प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २० हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृट खेलाडीलाई नगद १ हजार र ट्रफी, वेष्ट स्पाइकर, वेष्ट सर्भर, वेष्ट ब्लकरलाई नगद ५ सयका साथमा ट्रफी प्रदान गरिने नवयुथ क्लवका अध्यक्ष वालकृष्ण धितालले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here