Saturday, April 27, 2024
Homeमुख्य खबररोयल भमके टि–२० क्रिकेट प्रतियोगिता हुने

रोयल भमके टि–२० क्रिकेट प्रतियोगिता हुने

- Advertisement -spot_img

तुलसीपुर, १३ कार्तिक ।
दाङको तुलसीपुरमा रोयल भमके टि–२० क्रिकेट प्रतियोगिता–२०८० हुने भएको छ । स्वतन्त्र युवा समूह तुलसीपुर–१ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा सञ्चालन हुने प्रतियोगिता यहि कार्तिक १९ गतेदेखि सुरू हुनेछ ।

कार्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका झन्डै १२ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक खगेन्द्र नेपालीले जानकारी दिए ।

संयोजक नेपालीका अनुसार प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेता टिमले नगद २५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल, वेष्ट ब्याट्सम्यान, वेष्ट बलरलाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याचलाई नगद पाँच सय साथमा मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ । यसैबीच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लवलाई अनुरोध गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here