यस वर्षको दशैँ शनिबारबाट सकिएको छ । दशैँ सकिए लगत्तै तिहार पर्व नजिकिएको छ । यसपालिको दशैँमा पनि दुर्घटना भएका छन् । दाङमा दशैँ अवधिमात्रै ११२ सवारी दुर्घटना हुँदा पाँचजनाले मृत्यवरण गरेका छन् । दशैँ बिदा सकिएसँगै नियमित कामकाजसमेत शुरू भइसकेको छ । जन्मथलोमा पुगेकाहरू कर्मथलोमा फर्किसकेका छन् । तर यसपटकको दशैँमा पनि ग्रामीण सडकमा निकै यात्रा कष्टकर बनेको छ । गाउँ–गाउँमा सडक विस्तार भएपनि स्तरोन्नती नहुँदा सडकको यात्रा सहज हुन सकेन् । सडकको अवस्था सुधार हुन नसक्दा सवारी दुर्घटनाबाट आम नागरिकले ज्यान समेत गुमाउनुसमेत परेको छ । सडकको अवस्था सुधार हुन नसक्दा नागरिकले बर्सेनि यात्रामा समस्या भोग्नुपरेको छ ।
चाडपर्वमा विषशेगरी आम नागरिक कर्मथलो छोडेर जन्मथलो जान्छन् । तर जन्मथलो जाने सडकको अवस्था सुधार हुन नसक्दा यसपटक पनि नागरिकले कष्टकरण यात्रा गर्नुपरेको छ । वर्षायाम सकिएको लामो समय हुँदा पनि गाउँ पुग्ने सडकको अवस्था सुधार हुन नसक्नु दुखद् कुरा हो । दैनिक उपभोग्य वस्तु गाउँ लैजानमात्रै होइन्, घरदेश भन्दा टाढा रहेका नागरिकहरू चाडपर्वमा घरदेश फर्किने हुँदा सडकको सुधार हुनुपथ्र्यो तर अहिलेको दशैँमा नागरिकले भनेजस्तो सडकयात्रा गर्न पाएनन् । अहिले दशैँ सकिएर तिहार नजिकिएको छ । तिहारमा पनि नागरिकको ओहोरदोहोर हुने गर्दछ । गाउँका सडक सुधार गर्नका लागि पालिका सरकारले पनि खासै पहल नगरेकोजस्तो देखिएको छ । सडकको अवस्था सुधार हुन नसक्दा दुर्घटनाको जोखिमसमेत बढेको छ ।
चाडपर्वमा मात्रै होइन्, अन्य समयमा पनि यात्रालाई सहज बनाउनका लागि गाउँ पुग्ने सडकको स्तरोन्नीमा खासै पहल भएको छैन् । सडक सुधारका लागि तीनै तहका सरकारले विषेश ध्यान दिनुपर्छ । सडक यात्रा सुरक्षित गराउन सडकको अवस्था सुधार गर्नतर्फ ध्यान पुग्नुपर्छ । स्थानीय नागरिकले पनि ग्रामीण सडकको सुधारमा आवश्यक सहयोग गर्नुपर्छ । सरकारको मात्रै मुख ताकेर बस्दा पनि भनेको समयमा काम पूरा नहुन सक्छ । त्यसकारणले पनि स्थानीय नागरिकले पनि सडकको अवस्था सुधार गर्नका लागि सरकारलाई दवाव सिर्जना गर्न सानातिना समस्या समाधानमा ध्यान दिनुपर्छ भने सरकारले पनि आवश्यक कुरा तत्काल समाधान गर्नुपर्छ ।