Tuesday, November 28, 2023
Homeमुख्य खबरविमानस्थल स्तरोन्नतीका लागि निरन्तर पहल: मास्की

विमानस्थल स्तरोन्नतीका लागि निरन्तर पहल: मास्की

- Advertisement -spot_img

दाङ, २ कार्तिक । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले टरिगाउँ विमानस्थलको स्तरोन्नती निरन्तर पहल गरिरहेको बताएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिकाले बुधबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अर्थमन्त्री मास्कीले विमानस्थल संघीय सरकार मातहत भएका कारण पनि प्रदेश सरकारले बजेट बिनियोजन गर्न नसकेको स्पष्ट पारे ।

‘बजेट निर्माण अघि स्थानीय सरकार र प्रदेश सरकारले बजेट बिनियोजन गरेर टरिगाउँ विमानस्थलको विस्तार गर्ने योजना थियो, तर संघीय सरकारले मात्रै बजेट व्यवस्थापन गर्ने प्रावधान भएकाले बजेट बिनियोजन गर्न सकिएन्’ उनले भने– ‘तर संघीय सरकारमा यसको स्तरोन्नतीका लागि निरन्तर पहल भइरहेको छ ।’

उनले टरिगाउँ विमानस्थलको स्तरोन्नतीबिना तुलसीपुरको विकास असम्भवजस्तै रहेको बताए । पश्चिम दाङको विकासमा हातेमालो अघि बढ्ने भन्दै उनले साविक राप्ती अञ्चलको सदरमुकाम तुलसीपुरको विकास निर्माणका लागि आवश्यक पहल गरिरहेको बताए ।’ अर्थमन्त्री मास्कीले ग्वारखोला हाइड्यामको काम पनि छिट्टै अघि बढ्ने बताए ।

‘हाइड्याम निर्माण गरी सिँचाइ, खानेपानी र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ’ उनले भने–‘हाइड्याम निर्माणका लागि आवश्यक प्रक्रिया छिट््टै पूरा गर्दैछौँ ।’ उनले लुम्बिनी प्रदेश सरकारले लोकल मदिरा ब्रान्डिङ गरेर रोजगारी सिर्जना गर्ने योजना अघि सारेको बताए । उनले नमुनका लागि बाँकेमा मौवाको रक्सी उत्पादनको काम शुरू भइसकेको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाको करिब ६० करोड दायित्वलाई शून्यमा झार्न सफल भएको बताए । उनले अहिले उपमहानगरपालिका दायित्वको भारबाट उम्कन सफल भएको दावी गरे । कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगर, तुलसीपुर नगरका पूर्वमेयर ढुण्डीराज लामिछाने, नेपाली कांग्रेस तुलसीपुर नगर सचिव बिमल पौडेललगायतले तुलसीपुरको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक भएको बताए ।

कार्यक्रममा नेकपा एमाले तुलसीपुरका सचिव रूपबहादुर खत्री, नेकपा माओवादी तुलसीपुरका ईञ्चार्ज प्रभात वली, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश कमिटीका सदस्य भक्त बहादुर डाँगी, तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोप बहादुर घर्ती, तुलसीपुर नगर जेसीजका अध्यक्ष शालिकराम वलीलगायतले तुलसीपुर शहरलाई व्यवस्थित गर्न तीनै तहका सरकारको ध्यान पुग्नुपर्ने बताए । उपप्रमुख स्यानी चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण नगरका प्रवक्ता माधव वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here