Thursday, February 13, 2025
Homeसम्पादकीयचाडपर्व सुरक्षित बनाऔँ

चाडपर्व सुरक्षित बनाऔँ

- Advertisement -spot_img

सम्पादकीय
चाडपर्वको समयमा विभिन्न किसिमका अवान्छित घटना हुन्छन् भने अन्य समयको तुलनामा दुर्घटना पनि हुने गरेका छन् । चोरी डकैतीदेखि ठगीका घटना चाडपर्वको समयमा बढी हुने भएकाले पनि अझै बढी सजकता अपनाउनुपर्छ । चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनाबाट केही भएपनि छुट्कारा पाउनका लागि दाङमा प्रहरीले आठ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वमा घर फर्कने र जिल्ला बाहिर जाने यात्रुलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा असोज १८ गतेदेखि नागरिक सहायता कक्ष स्थापना गरिएको हो । यसले नागरिकको सुरक्षामा महत्वपूर्ण भूमिका खेलेको छ ।

चाडपर्वको समयमा बढी भिडभाड हुने हुन्छ, यस्तो समयमा कुनै पनि अपराधिक क्रियाकलाप हुन सक्छ, त्यसकारणले पनि नागरिक सहायता कक्षबाट प्रहरी, ट्राफिक मिलेर जिल्लाबाट बाहिरिने र घर फर्कने यात्रु तथा बटुवालाई सहयोग गरिने छ ।

दशैँ तिहारको समयमा विशेष गरेर यात्रुको चाप बढी हुने भएकाले सवारी दुर्घटना बढी हुने गरेको हुन सक्ने भएकाले पनि नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरण सम्बन्धी सवारी चालकलाई विभिन्न सचेतनाको बारेमा जानकारी गराउने छन् । गाडीको सिट क्षमताभन्दा बढी यात्रु बोक्न तथा सामग्री हाल्न रोक लगाउने, सवारी अभावमा लामो समयसम्म अलपत्र परेका यात्रुलाई गाडीको व्यवस्था मिलाई घरसम्म पठाउन सहजीकरण गर्ने गरेका छन् ।

बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा खान हुँदैन् । नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजाने, घर तथा पसल बाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ÷छैन यकिन गर्ने र सकेसम्म साइरन जडित ताल्चा जडान गर्दा पनि चोरी तथा ठगीका घटनाबाट बच्न सकिन्छ ।

लामो समय घर, पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा नजिकैको प्रहरीलाई खबर गर्न पनि सकिन्छ । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरीलाई आमनागरिकको सहयोग हुनुपर्छ । चाडपर्व लक्षित सुरक्षा योजनामा प्रहरी पनि तैनाथ छ । सबै नागरिकले ढुक्कका साथ चाडपर्व मनाउने वातवरण निर्माणमा सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here