Friday, April 18, 2025
Homebreaking-newsराजनीतिको कोर्ष चेन्ज गर्दैछौँ : माधव नेपाल

राजनीतिको कोर्ष चेन्ज गर्दैछौँ : माधव नेपाल

- Advertisement -spot_img

गमानसिङ घर्ती मगर
दाङ, २४ असोज । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले नेपालको राजनीतिको कोर्ष चेन्ज गर्न लागेको बताएका छन् । मंगलबार मेचीमहाकाली अभियानअन्तर्गत घोराहीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हामीले हिजो पनि कोर्र्ष चेन्ज ग¥यौँ, झन्डै दुर्घटनामा जान थालेको देशलाई दुर्घटनाबाट जोगाउने काम ग¥यौँ’ उनले भने– ‘अहिले पनि हामीले सामाजवादी मोर्चा गठन ग¥यौँ, समाजवादमा विश्वास गर्ने पार्टीहरूलाई पनि सँगै लिएर हिडियौँ, अहिले चारवटा पार्टी एकताबद्ध भएर समाजबादी मोर्चा नेपाल बनायौँ अरूलाई पनि सामाजवादी आन्दोलनमा समेट्दैछौँ ।’
उनले देशमा कम्युनिष्ट पार्टीका नेताले नै देशमा राजनैतिक अस्थिरता ल्याउन खोजेको बताए ।

‘जब देशमा प्रतिगमनका कदमहरू चालिए, तब कम्युनिष्टका नेताले संविधान मिच्ने काम गरे, कम्युनिष्ट पार्टीकै नेताले देशमा राजनीतिक अस्थिरता ल्याउन खोजे’ उनले भने– ‘मुलुकमा प्रतिक्रियावादी प्रतिगामी तत्वहरूको सक्रिय भए त्यसका विरूद्धमा दृढका साथ हामी सातिसाल झै उभिएका थियौँ ।’

झापा आन्दोलनबाट पे्ररित भएर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउनका लागि आँट गरेको उनले बताए । ‘कम्युनिष्ट आन्दोलनको दियो निभ्न दिने छैनौँ । पुष्पलालले कम्युनिष्ट पार्टी बनाउनुभयो जब त्यही कम्युनिष्ट पार्टीभित्र दक्षिणपन्थी तत्वहरू हावी भए तिनिहरूका विरूद्ध उनले विद्रोह गर्नुप¥यो हामीले पनि पार्टी निर्माण ग¥यौँ त्यही पार्टीका विरूद्ध हामीले पनि विद्रोह गर्नुपरेको हो’ उनले भने–‘हामी समाजमा देखिएका निराशा चिर्न तयार छौँ । हरेक चुनौतीको सामना गर्न तयार छौँ, राजनीतिप्रति फैलिएको वितृष्णाको हटाउन तयार छौँ ।’

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी पार्टी श्रमजीवी सर्वहारा वर्गको प्रतिनिधि गर्ने राजनीतिक पार्टी भएको बताए । शोषण अत्याचारमा पिल्सिएका जनताहरूको पीडा र वेदनाको नेतृत्व गर्ने पार्टी भएको उनले बताए ।

‘हामीहरूले अहिले सबै लगाउने लुगादेखि खाने चामलसम्म विदेश प्रयोग गर्ने गरेका छौँ, यो दलाल पुँजीपति वर्ग हो, यो दलाल पँुजीपति वर्गका विरूद्ध संघर्ष गर्न पार्टी बलियो बनाउनुप¥यो उनले भने– ‘दलाल पुँजीवादको एक मात्र विकल्प समाजवाद हो ।

‘समाजवादमा शोषण समाप्त हुन्छ, विभेदको अन्त्य हुन्छ भष्टाचार अन्त्य हुन्छ, उत्पादनलाई व्यापकरूपले बढाउँछ । वितरणलाई न्यायोचित ढंगले वितरण गर्छ जसले जति काम गर्छ उसले श्रमको उचित मूल्य पाउँछ’ उनले भने । समृद्धिको लडाईमा पनि पँुजीपति वर्गसँग एकता नहुने उनले बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, दाङ क्षेत्र नं. १ का संघीय संसद मेटमणि चौधरीलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला अध्यक्ष भूप बहादुर केसीको अध्यक्षता रहेको थियो भने सहजीकरण रामप्रसाद गैरेले गरेका थिए ।

भाषण नगरी फर्किए माधव र झलनाथ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेचीमहाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन्तर्गत तुलसीपुरको मदनआश्रित चोकमा मंगलबार आयोजना गरिएको कार्यक्रममा दुवै नेता भाषण नगरी फर्किएका हुन् ।

भाषण सुन्ने मान्छे नै नभएपछि नेताहरू भाषण नगरी फर्किएका हुन् । कार्यक्रममा पार्टीका कार्यकर्ता, सुरक्षाकर्मी र स्वयम् नेताहरूसहित करिब १ सय ५० जनाको मात्रै जम्मा भएपछि पार्टीका अध्यक्ष नेपाल र वरिष्ठ नेता खनालले भाषण नगरेर बाँकेको कोहलपुरतर्फ लागेका हुन् ।

कार्यक्रमलाई नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र दाङ सह–इन्चार्ज अनारकली मियाँले सम्बोधन गरेकी हुन् । गाडीमा चारवटा माइक अगाडि पछाडि तुलसीपुरमा क्षेत्रमा दिनभर व्यापक प्रचार गरेपनि कार्यकर्ताहरूको नगन्य मात्रामा भएको उपस्थितिले नेताहरू निराश भएका छन् ।

माधव नेपाल र झलनाथ खनाललाई देखेर भाषण सुन्न बसेका भाषण नगरी फर्केपछि फर्किएको सहभागी एक व्यक्तिले बताए । ‘नेताहरू त जुरूक्क उठेर भाषण नगरेर हिँडे । मान्छे नभएर भाषण नगरेको बुझियो’ ती व्यक्तिले भने–‘तर अरू नेता नबोलेर माधव नेपाल मात्रै ५ मिनेट बोलेको भए पनि हुने थियो ।’

नेकपा एकीकृत समाजवादीका दाङ जिल्ला सह–इन्चार्ज अनारकली मियाँले भाषण सुनाउने मान्छे नभएको र नेपालगञ्ज जान पनि ढिला भएकाले पनि दुबैजना नेताले भाषण नगरेको बताइन् । ‘केलाई सुनाउन भाषण गर्ने हो र ? घोराहीमा पनि कार्यक्रम थियो । मान्छे सबै उतै रहे’ उनले भनिन्– ‘यहाँ कसलाई सुनाउने हो । फेरि कमरेडहरूलाई नेपालगञ्ज जान पनि हतार थियो ।’

पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, एकीकृत समाजवादीका नेता भागवत विश्वासी, दाङका नेकपा एसका अध्यक्ष सुरामणि बेल्वासेलगायतका समाजवादीका नेता तथा कार्यकर्ता एमालेमा समाहित भएपछि त्यसको प्रभाव पार्टीमा देखिएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here