शान्तिनगर, २३ असोज । दाङको शान्तिनगरमा तेस्रो सिटी कप खुला पुरूष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । सिटी युथ क्लव शान्तिनगर–६ र ७ को आयोजनामा शिवशक्ति मावि धनौरीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता असोज २७ गतेदेखि सुरू हुने भएको हो ।
प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिता सञ्चालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिए । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दाङ जिल्लाका १० पालिकाभित्रका झन्डै १२ बढी टिमको सहभागिता रहने छ ।
प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ८५ हजार, कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २५ हजार नगद, कप, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीमध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृट हुने खेलाडीलाई नगद २ हजार ५, अन्य विधामा नगद १ हजार ५ सयका साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।