Wednesday, May 15, 2024
Homebreaking-newsफुटबलप्रति बालबालिकाको ‘क्रेज’, निजीस्तरबाट खेलाडी उत्पादनको प्रयास

फुटबलप्रति बालबालिकाको ‘क्रेज’, निजीस्तरबाट खेलाडी उत्पादनको प्रयास

- Advertisement -spot_img


जीतसागर जी.एम.
तुलसीपुर, २० असोज ।
आरम्भ गौतम विद्यालय बिदा भयो कि फुटसल खेल्न कुदि हाल्छन् । तुलसीपुर–६ बरूवागाउँका गौतमलाई फुटबलप्रतिको रूचि अत्याधिक छ । उनले तुलसीपुरमा निजीस्तरमै सञ्चालित किड्स फुटसल एकाडेमीमा फुटबल खेल खेल्ने गरेका छन् ।

कक्षा ६ मा बढ्दै गरेका गौतमले गतवर्षदेखि फुटबल खेलिरहेका छन् । ‘मलाई फुटबल खेल खेल्न निकै मनपर्छ’ उनले भने–‘फुटबलप्रतिको रूचि पूरा गर्न अहिले सिक्ने गरिरहेको छु ।’ फुटबल खेलबाटै उनले आफूलाई स्थापित गराउने चाहना बोकेका छन् । सल्यान घर भएका सुशान्त जी.एम. पनि किड्स फुटबल एकाडेमीमा दैनिका साँझको समयमा फुटबल खेलको अभ्यास गर्ने गरेका छन् ।

तुलसीपुर–७ मा बस्दै आएका सुशान्तले फुटसलमा खेल सिक्न पाउँदा खुसी छन् । ‘विद्यालयमा बिदा हुने बित्तिकै फुटबल खेलको अभ्यास गर्न फुटसलमा आउने गरेको छु’ उनले भने– ‘बाहिर खेल्नुभन्दा फुटसलमै खेल्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको ।’ कक्षा ९ मा पढ्दै गरेका उनले फुटबलबारे सानैदेखि रूचि भएको बताए । ‘सानैदेखि फुटबल खेलाडी बन्ने चाहना हो’ उनले भने– ‘अहिले सिक्ने क्रममै छु, यसले व्यावसायिकता बनाउनेमा विश्वस्त छु ।’

तुलसीपुर–५ का प्रसिद्ध न्यौपानेले पनि गतवर्ष मंसिरबाट फुटसल खेलिरहेका छन् । उनले पनि फुटसलमा फुटबल सिक्न पाउँदा निकै खुसी भएको बताए । ‘बुबाआमाले फुटबल खेल सिक्नका लागि फुटसलमा पठाउनुभयो’ उनले भने– ‘अहिले फुटसलमा फुटबल खेलबारे धेरै कुरा सिकेको छु ।’ सैपाल वली पनि उमेरले सानो छन् ।

तर उनलाई फुटबल खेलाडी बन्ने ठूलो चाहना छ । फुटबल खेलाडी बन्ने सपना पूरा गर्नका लागि अहिले फुटबल खेलको प्रशिक्षण लिइरहेको उनले बताए । ‘अहिले फुटबल खेल कसरी खेल्ने, यसका नियम बारेमा सिकिरहेका छौं’ उनले भने– ‘एक वर्षको अवधिमा धेरै सिकेका छौँ ।’

तुलसीपुर–६ का मनिष वली पनि गतवर्ष मंसिरदेखि फुटसलमा फुटबल खेलको अभ्यास गरिरहेका छन् । खेलको अभ्यास हुँदा उनलाई फुटबल खेलप्रतिको रूचि झनै बढ्दै गएको छ । उनले पनि फुटबल खेलको अभ्यास गर्दा धेरै कुरा सिक्ने अवसर पाएको बताए । ‘अभ्यास गर्दामात्रै पनि धेरै सिकेका छौँ’ उनले भने– ‘अझै धेरै सिक्ने अवसर पाउने छौँ ।’

नयाँ खेलाडीमा फुटबल खेलप्रतिको आकर्षण बढ्दै गएपनि आवश्यक भौतिक संरचना पर्याप्त छैनन् । राज्यले फुटबल खेलका लागि चाहिने भौतिक संरचना बनाउन नसकिरहेको समयमा तुलसीपुरमा भने निजीस्तरबाटै फुटबल खेलको प्रशिक्षण हुने गरेको छ ।

दाङमा फुटबल खेलाडी उत्पादनले निरन्तरता पाउन नसकेको अवस्थामा फुटसल सञ्चालनमा ल्याएको प्रशिक्षक दुर्गाराज लवटले बताए । ‘मै राष्ट्रियस्तरमा खेल्ने अवसर पाएँ, तर त्यसपछिका दिनमा जिल्लाले खेलाडी उत्पादनलाई निरन्तरता दिन सकेन्’ उनले भने– ‘खेलाडी उत्पादन गर्नकै लागि हामीले निजीस्तरमा फुटबल प्रशिक्षण केन्द्र सञ्चालमा ल्याएका हौँ ।’

राष्ट्रियस्तरमा खेल्ने दाङको खेलाडी कम हुँदै गएको अवस्थामा बालबालिकालाई खेलप्रतिको सपना पूरा गर्न फुटसल सञ्चालनमा ल्याएको उनले बताए । फुटसलमा २० जना बालकले खेलबारे प्रशिक्षण लिइरहेका छन् । तिमध्ये पाँचजना खेलाडीलाई निःशुल्क प्रशिक्षण गरेको उनले बताए ।

‘खेलाडी बन्ने सम्भावना बोकेका तर आर्थिक अवस्था कमजोर भएका करिब पाँच जनालाई निःशुल्क प्रशिक्षण पनि गरिरहेका छौँ’ उनले भने– ‘क्षमता र चासो हुने खेलाडीले आर्थिक अवस्था कमजोर भएकै कारण प्रशिक्षणबाट बञ्चित हुने अवस्था आउँदैन् ।’ एकाडेमीबाट कमाउने भन्दा पनि खेल सामग्री खरिदमा सहयोग पुग्ने उद्देश्यका साथ सामान्य शुल्क लिने गरेको उनको भनाइ छ ।

‘हामीले भाडा पनि बुझाउनुपर्छ, खेल सामग्री पनि चाहियो, यसकै लागि केही शुल्क लिने गरेका छौँ’ उनले भने– ‘पछिल्लो एक वर्षयता केही समस्या भएको छैन्, अभिभावकले नै व्यवस्थापन गरिदिनुभएको छ ।’ निःशुल्क प्रशिक्षण लिन चाहनेलाई तुलसीपुर सेन्टर माविमा निःशुल्क खेल प्रशिक्षण गरिरहेको उनले बताए ।

‘तुलसीपुर सेन्टर माविले खेल क्षेत्रलाई पनि प्राथमिकता दिएको छ’ उनले भने– ‘सोहि विद्यालयमै प्रशिक्षण लिएका खेलाडीले अन्तर्राष्ट्रिय जगत्मा खेल्ने अवसर प्राप्त गरिसकेका छन् ।’ दाङ जिल्ला फुटबल संघका अध्यक्ष सञ्जात धिताल र खेल प्रशिक्षक मोहन सुनारको साथ र सहयोगमा फुटसल सञ्चालनमा आएको हो ।

तुलसीपुर उपमहानगर–पालिका वडा नम्बर ६ मा रहेको फुटसल गतवर्ष भदौ ११ गते सञ्चालनमा आएको हो । फुटसलमै उत्पादन भएको खेलाडी अन्तर्राष्ट्रियस्तरमा भाग लिन पाएको उनले बताए । फुटसलमा बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म सञ्चालन हुने गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here