Saturday, March 15, 2025
Homeसाहित्यभाषा सनातन

भाषा सनातन

- Advertisement -spot_img


श्रीराम दहित


दुई शब्द मनको सत्य सुन्दर
भविष्यका छन् दुई सपना
सनातन हो भाषा नेपालको
लक्ष्य अनुसार पुग्नेछ सपना

अमर सहिदहरूको आशा थियो
भाषा बनोस् जनमनको अभिलाषा
सुख दुःखको गाथा गाउने पाखा
पँधेरीमा माध्यम हो सनातन भाषा

सनातन भाषाले हृदय नयनमा
सधैं प्रदर्शन सबैलाई गराउने
प्राणी मात्रको व्यथा बुझ्ने सनातन
भाषाले मानवीय भाव जगाउने

अरूको अमुक भिक्षाभन्दा स्वयम्
अगाडि बढ्न प्रेरित गर्ने सनातन भाषा
श्रृङ्गार बिनाको भाषण सत्कार नहुने
साशन अनुभुती गराउने सनातन भाषा

भाषा हो सरस्वती मानवको
पूजा गरौँ सिंहासनमा बसाली
किन राख्ने सीमित यसलाई
पु¥याऔं प्रस्तावको मन बसाली

सनातन भाषालाई स्वतन्त्रसँग
खेल्न दिऔं संघर्षमा सधैं तप्न दिऔं
युगौं युगदेखि अडिएको छ भाषा
बिगार्न अक्षर शब्द मनपरी नकाटौं

जंगली झारपात होइन भाषा
हाँगा जरा काट्न उखेल्नु पर्दैन
भाषाका कारण संस्कृति गुम्ला सदुपयोग गरौँ
सार्थक हुनेछ डराउनु पर्दैन

सनातन भजन मिठो थारूको सखिया मनोरञ्जन
संस्कृति पनि यसमा छ मानव कथा
रसिलो देव वाणी हुन्छ यसमा
मानव जिउने कला लुकेको छ कथा

साहित्य फुल्ने फल्नेछ पीडा
भाषाका पहिचान गरौँ अभियान
भानुभक्त ज्ञानका खानी थिए सनातन
संरक्षणमा रचना गर्ने नित्य नविन

सनातन भाषालाई आस्थापूर्वक जपौं
माला झैँ बनोस् जीवनशैली
प्रतिभावानहरूले साहित्य सिर्जना गरौँ
सनातन भाषा जगेर्ना गर्ने बनाऔं जीवनशैली

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here