Tuesday, November 28, 2023
Homebreaking-news‘एमसीसी कार्यान्वयन हुनुहुँदैन’

‘एमसीसी कार्यान्वयन हुनुहुँदैन’

- Advertisement -spot_img

गमानसिङ घर्ती मगर
दाङ, १९ असोज । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सन्देश सीले अमेरिकी परियोजना एमसीसी नेपालमा कार्यान्वयनमा गए सम्पूर्ण देशभक्त नेपाली जनताहरूको आन्दोलबाट असफल पारिने बताएका छन् । घोराहीमा नेकपाको दाङ जिल्ला पार्टीले आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधिनताको प्रश्न विषयक’ अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

एमसीसीसँग गरिएको सम्झौता राष्ट्रको हित विपरीत छ अमेरिकाले नेपाललाई चीन घेर्ने नीतिअन्तर्गत नेपालको भूमि प्रयोग गर्दैछ उनले भने । कुनै पनि देश सहयोग गर्दा कुनै न कुनै स्वार्थ लुकेको हुन्छ उसको कुनै मिसन हुन्छ । कतिपय पश्चिमाहरूद्वारा प्रशिक्षित गरिएका एजेन्टहरूले अमेरिका नेपालमा विशुद्ध विकास गर्न आउँदैछ भनेर जनताहरूलाई भ्रममा पर्दैछन् यो गलत हो ।

अमेरिकाले दिने आर्थिक सहयोग विशुद्ध सहयोग मात्र हो भने नेपालको कानुन र एमसीसी परियोजनाबीच भएको सम्झौता बाँझिएमा एमसीसीको कानुन लागू हुनेछ । कर्मचारी नियुक्ति, एमसीसीलाई अनुगमन नियन्त्रण नेपालले गर्न नपाउने, फाइदा एमसीसीको हुने घाटा नेपाल सरकारले व्यहोर्नेलगायतका अन्य थुपै्र विवादास्पद सम्झौताहरू भएको बताए ।

व्रिटिसहरू भारतमा इस्ट इन्डियन कम्पनी नामक व्यापारको उद्देश्य देखाउदै भारतमा दुई वर्ष शासन चलाएको स्मरण गराउँदै नेपालीहरू सजक हुनुपर्ने बताए । दक्षिण एशियामा उर्जा र आईटीको व्यापारको सम्भावना भएको हुँदा अमेरिकाले नेपाललाई उर्जामा प्राथमिकता बनाएको छ । भोलि उक्त एमसीसी परियोजनाको सुरक्षाको लागि भन्दै अमेरिकी सेना नेपाल आउने छ र नेपालको भूमिबाट चीनविरूद्धका गतिविधिहरू सञ्चालन गर्दै नेपाललाई भविष्यमा युक्रेन बनाउने उनको भनाइ थियो ।

नेकपाको दाङ जिल्ला पार्टीले आयोजना गरेको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वधीनताको प्रश्न विषयक’ अन्तरक्रियामा एमसीसी नेपालको हितमा नभएको सहभागी बोल्ले वक्ताहरूको एकमत रहेको थियो भने कार्यान्वयन विषयमा दुईथरि धारणा देखिएको थियो ।

१२ बुँदे ब्याख्यात्मक घोषणा पालना गर्नुपर्ने र अमेरिकन मिसनसहित आउँदै छ यसलाई रोक्नुपर्छ, कार्यान्वयन गर्न दिन हुन्न भन्ने धारणा रहेको थियो । कार्यक्रममा एमसीसी बारे उठेका केही भ्रमहरू , सम्झौताको विधिमा रहेको त्रुटी, एमसीसीका राष्ट्रघाती विषयहरू लगायतमा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा प्राध्यापक संघका केन्द्रीय सदस्य वंशिधर आचार्य, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकी, राष्ट्रिय जनमोर्चाका दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका घोराही नगर इन्चार्ज अमर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक भक्त डाँगी , वाम बुद्धिजीवी तथा साहित्यकार रामप्रसाद जैशी, नेकपा मसालका प्रवक्ता होम बहादुर भण्डारी, नेकपा माओवादी केन्द्र दाङ जिल्ला समन्वय समितिका सचिव विश्व आचार्य, नेकपा राप्ती व्युरो इन्चार्ज साबिन सीलगायतले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा राप्ती इन्जिनियरिङ कलेजका डा. भिमसेन गिरी, नेकपा रोल्पा जिल्ला इन्चार्ज असिना सी, नेपाककै पाटन सी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका पोलिटव्युरो सदस्य सन्देश सीको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता सम्झना सीको रहेको थियो । स्वागत नेकपा पूर्वी जिल्ला सेक्रेटरी जनक सीले गरेका थिए । सहजीकर नेकपा केन्द्रीय सदस्य प्रदिप सीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here