Sunday, December 15, 2024
Homebreaking-newsमाओवादी केन्द्रको एक महिने अभियान सार्वजनिक

माओवादी केन्द्रको एक महिने अभियान सार्वजनिक

- Advertisement -spot_img

हिमाल शर्मा
सल्यान, १७ असोज । नेकपा माओवादी केन्द्र सल्यानले रूपान्तरण अभियान एक महिना पुगेको अवसरमा गरेका काम र गर्ने कामका विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । जनतासँग माओवादी विशेष रूपान्तर अभियान अन्तर्गत सल्यानमा खटिएको खिमहेधन अभियान टोलीले गरेका कामका विषयमा बुधबार खलंगामा पत्रकार सम्मेलन गरी अभियानको बारेमा दिएको हो ।

घर–घरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहित माओवादीले भदौ १६ गतेदेखि देशव्यापी चालेको अभियान आगामी मंसिर १५ गतेसम्म चल्ने छ । सरकारले चालेको सुशासनको अयिभानलाई जनतामा लिन र पार्टीलाई रूपान्तरित गर्न अभियान चालिएको माओवादीले जनाएको छ ।

‘रूपान्तरित विस्तारित माओवादी निर्माण हाम्रो अभियान, समृद्ध सुशासित सल्यानका लागि गरौ योगदान’ भन्ने नारासहित सल्यानमा चलेको अभियानमा सल्यानको सापेक्षतामा विभिन्न कार्यक्रम चलाइएको जिल्ला इन्चार्ज नरेश भण्डारीले जानकारी दिएका छन् । उनका अनुसार सल्यानमा मतदातासँग मनका कुरा, माओवादीसँग जनका कुरा, सल्यानीसँग सरकार, जनतासँग जनसंगठन, दुःखीसँग दुई दिन, सञ्चारकर्मीसँग सहकार्यजस्ता कार्यक्रमहरू राखिएको छ ।

त्यस्तै श्रम शुक्रबार, संकल्प सभा, उत्पादन उत्प्रेरणा, सिर्जनशील सप्ताह, सुशासनको सुईको र संघर्ष, शिक्षामा सिकायत र समाधान, स्वास्थ्यामा सकस र समाधान, विकासमा विवेक र बेथिति लगायतका कार्यक्रम पनि अभियान अन्तर्गत चलेका छन् । माओवादीका युवा बौद्धिक नेता संविधान सभा सदस्य तथा कर्णाली सरकारका पूर्व मन्त्री नरेश भण्डारीले व्यक्तित्व विकासका लागि म लेख्छु, म बोल्छु, म पढ्छु, र म गर्छुजस्ता कार्यक्रम पनि चलाइएको र त्यसले अभियानकर्ता र आमजनताको व्यक्तित्व विकासमा सहयोग पुग्ने धारणा राखे ।

एक फरक प्रसंगमा नयाँ राजनीतिक दलका विषयमा पत्रकारले सोधेको प्रश्नलाई सम्बोधन गर्दै उनले भने– ‘अरूलाई गाली गर्दै केही समय हल्ला चलाएर स्वतन्त्रको हवाला दिदै आएका केही स्वतन्त्र पार्टी भनिनेहरू अन्ततः विचारविहीन हुन्, उनीहरू सकिएर जान्छन्, अभियानले यो प्रवृत्तिलाई पनि अन्त्य गर्नेछ ।’

माओवादीहरू शरीर च्यातेर देशलाई दिइरहेका बेला देशको काम छैन भन्दै नागरिकता च्यातेर विदेश गएकाहरू अहिले स्वतन्त्रका नाममा देशको नायक बन्न खोजेकाले जनता सजक बन्नुुपर्ने भण्डारीको भनाइ छ । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सल्यान संयोजक कृति बहादुर पुनले रूपान्तरण अभियान माओवादीको मात्रै नभएर देशका सम्पूर्ण मान्छेहरूको भएको भन्दै आफूहरू त्यहिअनुरूप लागेको बताएका छन् । उनले व्यवस्थामा खतरा पैदा भएको भन्दै सबैजना सजग बन्नुपर्ने बेला आएको भन्दै सकारात्मक प्रचारको काम पत्रकारले गर्नुपर्ने बताए । पत्रकार सम्मेलन कार्यक्रमको सहजीकरण माओवादी नेता भिम कुमाखीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here