Thursday, April 17, 2025
Homeखेलकुदप्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने

- Advertisement -spot_img

दाङ, १७ असोज । प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको नियमित बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेकोे छ ।

बैठकले कार्तिक १७ र १८ गते लुम्बिनी प्रदेशस्तरीय विभिन्न तौल समूहमा प्रथम खुला तेक्वान्दो प्रतियोगिता गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि संघका कोषाध्यक्ष मोहन सुनारको संयोजगत्वमा ६ सदस्यीय समिति गठन गरिएकोे छ । जसको सदस्यमा महेश थापा सदस्य, श्याम भट्टराई, राजिव शिह क्षेत्री, सुरेश पाश्वाङ, बमबहादुर बिक रहेका छन् ।

त्यस्तै संघका सदस्य दिपक कुमाललाई प्रेस संयोजकमा नियुक्ति गरिएको छ । बैठकमा सुमन घले गुरूङ, डम्बर बिसी, सचिन पौडेललगायतले आफ्नो भनाइ राखेका थिए । बैठकको सहजीकरण संघका सचिव बिनिल केसीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here