Tuesday, November 28, 2023
Homeमुख्य खबरकिसानका गुनासो सुन्दै कृषि मन्त्री

किसानका गुनासो सुन्दै कृषि मन्त्री

- Advertisement -spot_img


दुख हरण यादव
गढवा, १३ असोज ।
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिर बिहीबार बिहानै गढवा गाउँपालिकाको चन्दनपुर गाउँमा पुगे । उनी गढवा गाउँपालिका वडा नं. ७ का चन्दनपुर, विजयपुर, भोजपुर, लक्षिनपुर र शान्तिपुर गरी पाँच गाउँका किसानहरूको गुनासो सुन्न पुगेका हुन् । मन्त्री अहिरसँग किसानले १२ सय बिघा जमिन राष्ट्रिय गौरवको आयोजना बड्कापथको सिँचाइ सेवाबाट बञ्चित रहेको गुनासो गरेका छन् ।

‘सरकारले किसानहरूका समस्या सुन्दैन । किसानहरूलाई मल बीउ समयमा उपलब्ध हुँदैन । राष्ट्रिय गौरवको आयोजना बड्कापथको सिँचाइ सर्भेबाट गढवा–७ मानपुर पश्चिमको ठूलो बस्ती छुटाइनु दुखद् भएको छ । हामीलाई कसरी हुन्छ ? बड्कापथ सिँचाइ चाहियो, गढवा–७ चन्दनपुरका किसान चित्रबहादुर खड्काले भने– ‘भोट दिएर नेताहरूलाई जिताएर हामीले पाठाउँछौ तर जितेपछि किसानका समस्या कसैले हेर्दैनन् ।’

पाँच गाउँको १२ सय बढी बिघा जमिन सिँचाइ सेवाबाट बञ्चित गराउन नपाईने किसानले बताएका छन् । ‘हामीलाई बड्कापथको योजनामा सामेल गरिनुपर्छ’ स्थानीय किसान जानकी चौधरीले भनिन् । ‘हाम्रा समस्या सरकारले नसुने कसले सुन्ने हो त ?’ सरकारले पनि किसानका समस्या सम्बोधन नगरेको किसानको गुनासो छ ।

‘सिँचाइको समस्या लिएर स्थानीय र प्रदेश सरकारमा धाउन थालेको तीन वर्ष भयो तर हाम्रा मागहरू हालसम्म पनि सुनुवाइ भएन्’ गढवा ७ चन्दनपुरका किसान नारायण प्रसाद रिजालले गुनासो पोखे– ‘लालपुर्जा बाकसमा छ तर जमिन बगर बनेको छ, तटबन्धन नहुँदा कक्रहवा खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरिरहेको छ ।’

यस्तै अर्का किसान गणेशराम चौधरीले गाउँमै सिँचाइ सुविधा आवश्यक भएको मन्त्रीसँग माग गरे । बड्कापथ सिँचाइ तथा खाद्य अधिकार सञ्जालका अध्यक्ष उमाकान्त डाँगीको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमी ब्यवस्था मन्त्री भण्डारीलाल यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानीयहरूले सिँचाइको समस्यासंगै तटबन्धन, खानेपानी, मलखाद, बीउबिजन र बिजुली बत्तीको समेत समस्या भएको गुनासो राखेका हुन् ।

कृषि मन्त्री अहिरले किसानहरूबाट आएका मागहरू सम्बोधन गर्न सम्बन्धित निकायहरूमा पहल गर्ने बताए । ‘आफ्नो समस्या र अधिकार माग्नका लागि स्थानीयहरू आफै कस्सिएमा प्रदेश सरकारको तर्फबाट पहल हुने उनको धारणा छ  । मन्त्री अहिरले आफू पनि किसान परिवारबाटै सम्बन्धित रहेकोले किसानको समस्या समाधानको लागि कृषिमा आधुनिकतासँगै सीप विकास गर्ने प्रतिवद्धता जनाउदै सरकारले बनाउने योजनामा किसानलाई समेटेको बताए ।

गढवा गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष राहुलदेव चौधरी, फियान नेपाल लुम्बिनी प्रदेशका संयोजक तथा अधिकारकर्मी सुरेश गौतम, बड्कापथ सिँचाइ आयोजनाका उपाध्यक्ष हुमाकान्त सुवेदी, सचिव भरत कुमार अधिकारी, गढपा गाउँपालिका स्तरीय खाद्यअधिकार सञ्जालका अध्यक्ष उमाकान्त पन्त, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, उपाध्यक्ष चित्रबहादुर खड्का, चन्दनपुर सामुदायिक वनका अध्यक्ष एम्मे बहादुर बस्नेत लगायतले किसानका समस्यामा राज्य गम्भीर बन्नुपर्ने बताए ।

बड्कापथ आयोजनाका उपाध्यक्ष सुवेदीले पाँच गाउँको भूमि आयोजना सर्भेको समयमा छुट हुन गएको भन्दै स्थानीयहरूलाई प्रक्रिया मिलाएर सिँचाइ आयोजनामा समावेश गर्न पहल गर्ने बताए । चित्रबहादुर खड्काको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण भरथरी चौधरीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here