Friday, April 18, 2025
Homeसाहित्यखै आफ्नोपन ?

खै आफ्नोपन ?

- Advertisement -spot_img

श्रीराम दहित

कुरा ग¥यो कुरैको दुख एक्काइसौं शताब्दीको
नाममा खोजी रहेका छौँ खै आफ्नोपन ?
बालकमा बालापन युवामा यौवन जिन्दगीमा
सावन गाउँमा कचेहरि खै आफ्नोपन ?

बोइको कथा आँखामा आँसु प्रेमका दुईपल कर्ण झैँ
दानी सन्तको बानी खै आफ्नोपन ?
घर–घरमा पाहुना छिमेकीको सुखदुःख मनुष्यमा मानवता
तराजुको तौल कविका कान खै आफ्नोपन ?

कुरा ग¥यो कुरैको दुःख भरत जस्तो भाइ लक्ष्मण झैँ
अनुयायी नाडीमा चुरा मिठाकुरा विवाहमा पञ्चेबाजा खै आफ्नोपन ?
न्यायका लागि सत्यता मञ्चमा साहित्य निमुखालाई सम्मान
तुलसी मठ जिउँदोमा जन्ती मृत्युमा मलामि खै आफ्नोपन ?

गाउँ–गाउँमा भजन पँधेरोमा पँधेरी आँगनमा हल गोरू
पाहुनाको पर्खाइ महिको गिलास खै आफ्नोपन ?
नारीको पछ्यौरा नेपाली दौरा ओठमा लजालुपन
सनातनि भेषभूषा खै आफ्नोपन ?

आपसी प्रेम सद्भाव पारिवारिक स्नेह हिजोभन्दा आज
नमान्नु पर्ने लाज खै आफ्नोपन ?
चौबाटोमा चौतारो नेतामा ईमान संगीतमा साधना
बाजेलाई सम्बोधन खै आफ्नोपन?

समुदायको पहिचान घर–घरमा सत्यनारायण
बाले दुहुने गाई गंगा स्नान खै आफ्नोपन ?
रक्षाबन्धन कुशेऔंशी श्रीकृष्णअष्टमी अट्वारी
ऋषिपञ्चमीमा छैन साधना खै आफ्नोपन ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here