Tuesday, November 28, 2023
Homebreaking-newsअदालतको फैसला कार्यान्वयन, धमाधम फरार प्रतिवादी पक्राउ

अदालतको फैसला कार्यान्वयन, धमाधम फरार प्रतिवादी पक्राउ

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १२ असोज । अवैध काठ ओसारपसार मुद्दामा फरार एक प्रतिवादी बिहीबार पक्राउ परे । बिना इजाजत अवैध काठ ओसारपसार मुद्दाको अभियोग लागेका राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका ५२ वर्षिय रामकुवेर यादवलाई प्रहरीले चार वर्षपछि पक्राउ गरेको हो ।

यादवलाई अवैध काठ ओसारपसार मुद्दामा सर्वोच्च अदालतले २०७६ साल जेठ ३० गते ६ महिना कैद र ८२ हजार ७ सय ४ जरिवाना फैसला गरेको थियो । फैसलापछि फरार रहेका यादवलाई बिहीबार भैसहवा गाउँबाटै पक्राउ गरिएको थियो । पक्राउ परेका यादवलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको छ ।

यस्तै ५ असोजमा प्रहरीले राजपुर गाउँपालिका–४ दुलैया बस्ने २२ वर्षिय संगम हरिजन घोराही–१५ सहिदगेट नजिकैबाट पक्राउ परे । उनलाई दाङ जिल्ला आदलतले २०७९ साल पुस २४ गते चोरी मुद्दामा ३ महिना कैद र २५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यसपछि फरार रहेका हरिजनलाई खोजतलास गर्दै जाँदा घोराहीबाट शुक्रबार पक्राउ गरिएको थियो ।

यस्तै ४ असोजमा गढवा गाउँपालिका वडा नम्बर–४ का ३९ वर्षिय वीरेन्द्र चौधरी पक्राउ परे । सर्वोच्च अदालत काठमाडौँले २०७९ माघ १५ गते चौधरीलाई ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला गरेको थियो । त्यसयता फरार रहेको चौधरीलाई खोजी गर्दै जाँदा बिहीबार गढवा गाउँपालिका वडा नम्बर ४ मा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको थियो ।

यस्तै ११ भदौमा कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परे । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रूकुम पश्चिम मुसिकोट नगरपालिका घर भइ हाल घोराही उपमहानगरपालिका वडा नम्बर १६ लेटार बस्ने ४२ वर्षिय हरिशचन्द्र पाण्डेलाई पक्राउ गरेको थियो । घोराही–१६ लेटारमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई कर्तव्य ज्यान मुद्दामा सर्वोेच्च अदालत काठमाडौँले २०५७ साल साउन ६ गते ८ वर्ष ७ महिना कैद सजाय फैसला गरेको थियो ।

त्यसयता फरार रहेका पाण्डेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम बुझाएको थियो । उल्लेखित घटना प्रतिनिधिमूलक मात्रै हुन् । दाङ प्रहरीले अदालतबाट फैसला भएका तर फरार रहेका २ सय प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आर्थिक वर्ष ०७८/०७९ देखि चालु आर्थिक वर्षको असोज ११ गतेसम्म २ सय ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा फरार ६२ जना अभियुक्तलाई पक्राउ गरिएको थियो भने आर्थिक वर्ष ०७९/०८० मा १ सय ५८ जना फरार प्रतिवादी पक्राउ गरेका छन् । चालुवर्षमा मात्रै २४ जना फरार प्रतिवादी पक्राउ परेको प्रवक्ता मल्लले बताए ।

आर्थिक वर्ष ०७८/०७९ मा १ हजार २ सय २३ जना मुद्दा दर्ता भएकोमा अदालतले १ हजार ५ सय ७५ जना प्रतिवादी ठहर गरेको थियो । तर १ हजार ३ सय ५१ जनाले सजाय पाएका थिए । सोहि आर्थिक वर्षमात्रै अदालतबाट दोषी ठहर भएका २ सय २४ जना फरार भएका थिए ।

यस्तै बितेको आर्थिक वर्ष १ हजार २ सय १ वटा मुद्दा दर्ता भएकोमा अदालतले १ हजार ३ सय ६२ जनालाई दोषी ठहर गरेको थियो । त्यसमध्ये १ हजार १ सय ४२ ले मात्रै फैसला कार्यान्वयन गरेको डिएसपी मल्लले बताए । गत आर्थिक वर्षमा दोषी ठहर भएका २ सय २० जना फरार भएका थिए । यस्तै चालु वर्षको हालसम्म २ सय ५६ मुद्दा दर्ता भएकोमा २ सय ६६ जनालाई अदालतले दोषी ठहर गरेको हो । त्यसमध्ये २०७ जना पक्राउ परेको डिएसपी मल्ले बताए । यस्तै ५९ जना अभियुक्त फरार भएका छन् ।

फैसला कार्यान्वयनमा प्रभावकारीका लागि निरन्तर काम गरिरहेको प्रवक्ता मल्लले बताए । ‘अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरूलाई पक्राउ गरी फैसला कार्यान्वयन गरिरहेका छौँ’ उनले भने– ‘सूचना दिएर नागरिकले सहयोग गरेमा धेरै सहज हुन्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here