Tuesday, July 16, 2024
Homeमुख्य खबरराष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

- Advertisement -spot_img

काठमाडौँ, १२ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई इन्द्रजात्रा अवलोकन गरेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल हिडेर दरबारक्षेत्र पुगेका हुन् । यसअघिका राष्ट्रपति र राजाले गद्दी बैठक अघिसम्म नै गाडीमा जाने गरेका थिए ।

जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्रीगण, सांसदहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि पनि जात्राको अवलोकन गरे । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाइ यात्रा गराउने अनुमति दिएका थिए । यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन मंगलबार बिहान हनुमानढोका दरबारक्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरू भएको इन्द्रजात्राको बिहीबार मुख्य दिन हो । बिहीबार तल्लो टोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाले जनाएको छ । शुक्रबार माथिल्लो टोलमा रथयात्रा गरिनेछ । असोज १५ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति पौडेल हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नेछन् । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here