Monday, May 20, 2024
Homeखेलकुद१९औं एसियाड टी–२० मा नेपालको कीर्तिमानी जित

१९औं एसियाड टी–२० मा नेपालको कीर्तिमानी जित

- Advertisement -spot_img

दाङ, ११ असोज । नेपालले १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरूष क्रिकेटमा नेपालले मङ्गोलियामाथि दुई सय ७३ रनको विश्व कीर्तिमानी जित निकालेको छ ।

जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा बुधबार बिहान भएको खेलमा जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी विशाल लक्ष्य पछ्याएको मङ्गोलिया १३.१ ओभरमा सबै विकेटको क्षतिमा ४१ रनमा समेटियो । यो विश्व टी–२० क्रिकेटमा कीर्तिमानी ठूलो जित हो । नेपालले यस जितमा चार विश्व कीर्तिमान बनायो ।

यसअघि २०१९ मा चेकरिपब्लिकनले टर्कीविरूद्ध दुई सय ५७ रनको जित निकालेको थियो । मङ्गोलियाका दावासुरेनले २३ बलमा दुई चौकासहित सर्वाधिक १० रन बताए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मंगोलियाको टी–२० मा यो पहिलो अन्तर्राष्ट्रिय खेल हो । बलिङमा नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा तीन सय १४ रन बनाएको थियो । यो लक्ष्य विश्व टी–२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई सय ७८ रन बनाएका थिए । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ५० बलमा आठ चौका र १२ छक्कासहित अविजित एक सय ३७ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले १० बलमा आठ छक्कासहित अविजित ५२ रन बनाए । ३४ बलमै सतक प्रहार गरेसँगै कुशल टी–२० को इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने कीर्तिमानी ब्याट्सम्यान बनेका छन् । यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

यस्तै कप्तान रोहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बताए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी गरे । यो टी–२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।

दीपेन्द्रसिंह ऐरीले अविजित ५२ रन जोड्दै विश्व कीर्तिमान बताए । उनले नौ बलमा अर्धशतक हान्दै नयाँ विश्व कीर्तिमान रचेका हुन् । दीपेन्द्रले यसअघि भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडेका हुन् । ओपनर कुशल भुर्तेलले १९ र आसिफ शेखले १६ रन बताए । मङ्गोलियाविरूद्ध कप्तान रोहित पौडेलले पनि १९ बलमै अर्धशतक पूरा गरे । समूह ए मा रहेको नेपालले अब दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here