Friday, May 17, 2024
Homeखेलकुदअट्वारीको अवसरमा वडास्तरीय फुटबल प्रतियोगिता

अट्वारीको अवसरमा वडास्तरीय फुटबल प्रतियोगिता

- Advertisement -spot_img

टेकबहादुर पुन
देउखुरी, ८ असोज । थारूहरूको महानपर्व अट्वारीको अवसरमा लमही नगरपालिका वडा नम्बर ७ स्तरीय बोका कप फुटबल प्रतियोगिता शुरू भएको छ । चन्द्रज्योति क्लव हसनापुरले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष तथा लमही नगरपालिकाका प्रवक्ता मोहन गिरीले गरेका हुन् ।

उनले स्वास्थ्यको लागि खेलकुद आवश्यक रहेको भन्दै खेलबाट देशकै नाम रोशन गर्न सकिने बताए । अनुशासनमा रही लगनशीलताका साथ खेल्न अनुरोध गर्दै अध्यक्ष गिरीले खेलकुदका लागि आफू सधै लागिपर्ने बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गिरीले वडास्तरका ग्राउण्डहरूको संरक्षण गर्दै खेल विकासमा अग्रसर रहने प्रतिवद्धता ब्यक्त गरे ।

‘खेल विकासका लागि ग्राउण्डहरू संरक्षण गरिने छ, वडामै छनौट खेलहरूबाट खेल अनुसारका वडाको निश्चित टिम बनाउनु छ’ वडा अध्यक्ष गिरीले भने– ‘अन्यत्र प्रतियोगितामा त्यही टिमलाई वडाले पठाउने छ, हामी यो काम यसै वर्ष भित्र गर्ने गरी लागिपरेका छाँै ।’

खेल संयोजक धु्रव चौधरीको स्वागत मन्तब्यबाट शुरू भएको उद्घाटन सत्रमा दाङ क्रिकेट संघका जिल्ला उपाध्यक्ष किशोर कुमार घर्ती मगर, निरञ्जन सिंह ठकुरी, प्रहरी चौकी बन्गैका बरिष्ठ हवल्दार डिल्ली बहादुर यादव, निरज बुढा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा वडास्तरका १० वटा समूहहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । आइतबार भएका दुई खेलमध्ये पहिलो खेलमा कप्तानगञ्ज बि समूहलाई २–० ले पराजित गर्दै कमानपुर बिजयी बनेको छ भने दोस्रो खेलमा ५–० को फराकिलो अन्तरले बनघुस्री फुटबल सहुम विजयी बनेको छ । उसले हसनापुर सि समूहलाई हराएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here