Friday, September 6, 2024
Homeसाहित्यबर्ता गर्ने कि व्रत ?

बर्ता गर्ने कि व्रत ?

- Advertisement -spot_img


श्रीराम दहित


अतितको स्मृतिमा अल्झेर भविष्यको वर्ता
महत्वाकांक्षा नगरी समृद्धिको व्रत गरौँ !
सनातन संस्कृति विपरीत अप्राकृतिक जीवनशैली
होईन प्राकृतिक जीवन जिउने गरौँ !

ऋषि दुर्वाषा जस्तै गरि जीवनकाल भरी
दुवाको रस मात्र भोजन गरी जिउँनु पर्दैन !
तीज मिलनको नाममा महिनौंदेखि ‘दर’को
बदनाम होइन आमाको माया मिसिएको छ डराउनु पर्दैन !

ब्राह्मण्डिय उर्जा ग्रहण संरक्षण सदुपयोग गर्न अति
सरल शुत्र व्रत साधनाले दानव होइन मानव बनाउने !
पारिवारिक सामाजिक सांस्कृतिक आर्थिक लगायतका
हरेक परिस्थितिलाई अपच हुने बर्ता होइन व्रत बनाउने !

उन्नतिका बाधक तत्व हिंसा भ्रष्टाचार सनातन
संस्कृतिमा आएको विकृति बर्ता हुँदैन व्रतको नाममा !
कनाद ऋषिले जीवनकालमा कन मात्र सेवन गरी
बर्ता होइन व्रत गरी जीवन सार्थक बनाए श्रेष्ठ काममा !

शास्त्रानुसार व्रत किन, कसरी जानी राखौं
सबैले चिन्तन मनन् गरौँ आजै !
व्रत भौतिक अनि मानसिक रूपमा गरिने
संकल्प हो कुनै विकल्प हुँदैन सदाबहार रहने ताजै !

सनातन ग्रन्थ पुराण अनि कुरान त्रिपिटक बाइबल कसैका
व्यक्तिगत स्वार्थमा लेखिएका शब्द भकारी मात्र होइनन् !
नर– नारायण ,मानव– महामानव बाँचि देवतुल्य बनाउने
शुत्र व्रत हो बर्ता होइन !

लोकसंस्कृति भेषभूषा संरक्षण गर्दै संवेदनशील
भइ गरौँ है व्रत नगरौं बर्ता !
पारिवारिक प्रेम सद्भावपूर्वक पर्व मनाउँदा
उर्जा आओस् व्रतले असभ्य नबनौं बर्ता !

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here