Sunday, December 15, 2024
Homeराजनीतिअधिकार प्राप्त नहुँदा संविधान कार्यान्वयनमा समस्या ः मुख्यमन्त्री चौधरी

अधिकार प्राप्त नहुँदा संविधान कार्यान्वयनमा समस्या ः मुख्यमन्त्री चौधरी

- Advertisement -spot_img

दाङ, ४ असोज । लुम्बिनी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले निदृष्ट गरेका अधिकारहरू कार्यान्वयनमा नआउँदा जटिलता आइरहेको बताएका छन् ।

उनले संविधानले तोकेको अधिकार केन्द्रले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नखोजेको बताएका छन् । यसले गर्दा संघीयता कार्यान्वयनमा समस्या रहेको मुख्यमन्त्री चौधरीको भनाइ छ । संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख विषय रहेको उनले बताए ।

उनले संविधान कार्यान्वयन गर्न केन्द्र सरकारले बाधा पु¥याइरहेको दावी गर्दै अधिकार बाँडफाँट संविधान अनुसार हुनुपर्ने र त्यो शीघ्र कार्यान्वयनमा जानुपर्ने बताए । संविधान पूर्ण कार्यान्वयनको लागि संघीयता कार्यान्वयन पूर्ण हुनुपर्ने उनको भनाइ छ । संविधानमा सबैको भावना समेटिएको भन्दै उनले भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर, यसको कार्यान्वयन सहज रूपमा हुन नसकेको तर्क गरे ।

उनले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउन केन्द्रसँग आग्रहसमेत गरे । संविधान कार्यान्वयन गर्न सबै निकायहरू बीचमा समन्वय र सहकार्य हुनुपर्ने बताए । संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । तर, प्रदेशले गरेको प्रतिवद्धता पूरा गर्न केन्द्रको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले संविधान दिवसलाई उत्सवको रूपमा विभिन्न जातजातिका कला संस्कृति प्रदर्शन गरेर मनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here