Tuesday, November 28, 2023
Homeराजनीतिसंविधान जारी भएको आठ वर्ष

संविधान जारी भएको आठ वर्ष

- Advertisement -spot_img

दाङ, ४ असोज । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्थासहित संविधान निर्माण भएको बुधबार आठ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा बुधबार देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । २०७२ असोज ३ मा दोस्रो संविधानसभाले संविधान जारी गरेको हो ।

तर संविधान भने अझै पनि सर्वस्वीकार्य बन्न सकेको छैन । सुरूदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेस केन्द्रित दल, आदिवासी जनजातिलगायतले अझै असन्तुष्टि जनाउँदै आएका छन् । यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् ।

विसं २००७ देखिको नेपाली जनताको संविधानसभाबाट संविधान जारी गर्ने इच्छा २०७२ मा आएर मात्रै पूरा भयो । यो संविधानले मुलुकलाई संघीतामा लग्यो । २०७२ को संविधानको महत्वपूर्ण विषय भनेकै संघीयता हो । यही संविधान बमोजिम संघीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार गठन भयो ।

यो संविधान जारी पछि २०७४ र २०७९ गरी दुई पटक स्थानीय तह र संघीय संसद तथा प्रदेशसभाको निर्वाचन भएको छ । यद्यपि संविधानको विरोध गरिरहेका मधेश केन्द्रित दलहरू यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् । त्यस्तै यो संविधानको विरोध गर्दै आइरहेको भएपनि राष्ट्रिय प्रजातन्त्र पार्टी यही संविधानलाई मान्दै सरकारमा सहभागी भएको थियो ।

संविधानसभाबाट संविधान बनेपछि मुलुकमा शासकीय सुशासन, समृद्धि र अमनचयन कायम हुने जुन अपेक्षा आम नेपालीको थियो त्यो पूरा नहुँदा भने निराशा उत्पन्न भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here