Saturday, September 7, 2024
Homebreaking-newsउल्लासमय तीज

उल्लासमय तीज

- Advertisement -spot_img


दाङ, १ असोज ।
आज हरितालिका अर्थात् तीज पर्व । हिन्दू धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी हर्षोल्लासपूर्वक तीज पर्व मनाउँदै छन् । तीजमा ब्रत बसेर महादेवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । तीजको अघिल्लो दिन मिठोमसिनो परिकारसहितको दर खाने चलन छ ।

तीजमा विशेषगरी माइती एवं दाजुभाइले विवाहित छोरीचेली, दिदीबहिनीलाई बोलाई मिठोमसिनो खानेकुरासहितको दर खुवाउने प्रचलन छ । दर खाएपछि औपचारिक रूपमा सुरू भएको तीज पर्व तीन दिन अर्थात् ऋषि पञ्चमीसम्म मनाइन्छ । तर, पछिल्ला वर्षहरूमा एक महिना अघिदेखि नै सामूहिक रूपमा भोजभतेर गरेर तीज मनाउने क्रम बढ्दै गएको छ । जसलाई कतिपयले विकृतिको रूपमा समेत अथ्र्याउन थालेका छन् ।

कोरोना भाइरसको महामारी सकिएपछि पहिलोपटक उल्लासका साथ हिन्दू नारीहरूले तीज पर्व मनाउन लागेका हुन् । अघिल्ला वर्षमा कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य मापदण्ड पालना गरेर तीज पर्व मनाउने गरिएको थियो । यसवर्ष कोरोनाको जोखिम नभएकाले अघिल्लो वर्षको तुलनामा आजको दिन हर्षोल्लास हुने अपेक्षा गरिएको तुलसीपुर–७ बसन्ता पोखरेलले बताइन् ।

‘गतवर्षमा पनि कोरोनाको जोखिम थियो, ढुक्कका साथ मनाउने अवस्था थिएन’ उनले भनिन्– ‘यसवर्ष ढुक्कले मनाउँदै छौँ तीज ।’ तीज आउन एक महिना अघिदेखि नै महिलाहरूले पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर तीज मनाइरहेका छन् । सत्ययुगमा आजकै दिन निराहार व्रत बसेकी पार्वतीले महादेव स्वामी पाएको पौराणिक कथासँग तीज पर्व जोडिएको छ ।

आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् डा. जजमान गुरूङले बताए । ‘धार्मिक मनोकामना पूरा गर्ने नाममा स्वास्थ्यलाई असर पुग्ने गरी व्रत बस्नुपर्छ भन्ने हुँदैन्’ उनले भने–‘निरहार व्रत बस्नुपर्छ भन्ने कतै उल्लेख छैन् ।’

तीजमा विवाहित महिला पतिको दीर्घायु र सुस्वास्थ्यको कामनासहित व्रत बस्ने परम्परागत चलन छ भने अविवाहित युवतीहरू भने असल पति प्राप्तिको कामनासहित व्रत बस्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् । स्कन्ध, लिङ्ग पुराणमा विभिन्न कथाका आधारमा प्रारम्भ भएको धार्मिक पर्व हरितालिका व्रतको पौराणिक महत्व एकातिर छ भने पौराणिक कथा र आख्यानलाई आत्मसात् गर्दै सांस्कृतिक सञ्जिवनीले पनि यो पर्व ओतप्रोत छ ।

नारी स्वतन्त्रताको प्रतिकको रूपमा रहेको यस पर्वमा सौभाग्यका प्रतिक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि घुँइचो लाग्ने गरेको छ । तीज पर्वका अवसरमा आज बिहानैदेखि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दिर, घोराहीको धारापानी–लगायतका ठाउँमा भिडभाड लाग्ने गरेको छ । भगवानको आराधनासहित आजका दिन महिलाहरूले तीजको गीतको भाकामा आफ्ना वर्षभरिका पीडा पोख्ने चलन स्वरूप विभिन्न धार्मिकस्थलमा महिलाहरूले मादल घन्काउँदै नाचगान गर्ने गरेका छन् ।

नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले आफ्नो धर्म संस्कृतिअनुसार मनाइने तीजको अवसरमा सरकारले महिलाका लागि आज सरकारी बिदा पनि दिएको छ । केही वर्षयता तीज आउनुअघि नै भड्किलो रूपमा दर खाने र उपहार दिने क्रमले गर्दा कतै यो पर्व हुनेखानेको मात्र नहोस् भन्ने चिन्ता पनि गर्न थालिएको तुलसीपुरका सपना भण्डारीले बताइन् ।

‘तीज पर्वको महत्व आधुनिकतासँगै फेरिएको छ’ उनले भनिन्– ‘भड्किलो शैलीले महत्व घट्दै जाने हो कि भन्ने चिन्ता छ ।’ अनावश्यक खर्च गर्ने यस्तो परिपाटीलाई निरूत्साहित गर्न सकिएमा तीजको महत्व झन् बढ्दै जाने उनले बताइन् । तीजको अवसरमा दूध, दहीको पनि व्यापार अत्याधिक हुने गरेको छ ।

तीजको दिनमा दूध, दहीको खपत अत्याधिक हुने भएको हुँदा पु¥याउनै मुस्किल पर्ने हाम्रो पहुँच डेरी विभागका प्रमुख शिव पौडेलले बताए । ‘तीजको दिन दूध, दहीको अत्याधिक व्यापार हुने गर्छ’ उनले भने– ‘आज हामीलाई पु¥याउन निकै मुस्किल पर्छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here