Saturday, May 18, 2024
Homebreaking-newsथारू समुदायको पर्व ‘अट्वारी’, अग्रासन दिने चलन हराउँदै

थारू समुदायको पर्व ‘अट्वारी’, अग्रासन दिने चलन हराउँदै

- Advertisement -spot_img

निता चौधरी
दाङ, ३० भदौ । थारू समुदायको पर्व अट्वारीमा दाजुभाइले आफूले खानुभन्दा पहिले नै दिदीबहिनीका लागि छुट्याएको अग्रभाग (अग्रासन) दिने चलन विस्तारै हराउँदै गएको छ । तुलसीपुर उपमहानगरपालिका–१० का लालबहादुर चौधरीले आफ्ना चेलीबेटी दिदीबहिनी फुपूहरूलाई अग्रासन दिन जान छोडेको ६÷७ वर्ष भइसक्यो ।

अग्रासन दिन जानुपर्ने दुईजना फुपू र दुईजना दिदी छन् । दुरीका हिसावले सबैको घर टाढा नै छ । त्यसैले उनी जाँदैनन् । पहिले दिन जाने गरेको अग्रासन आजभोलि घरमा एक्लो भएका कारण सबै ठाउँ एक्लै पुग्न नसक्ने भएकाले दिन जान छोडेको उनले बताए । ‘गएपछि सबै ठाउँ जाने हो, नगए पछि कतै पनि नजाने, किनभने एकठाउँ गए अर्को ठाउँ छुटिहाल्छ, त्यसैले बरू कहिँकतै नगयो, कसैको मन दुख्दैन’ उनले भने ।

‘मलाई कुनै दिदीबहिनीको मन दुखाउनु छैन, सबै दिदीबहिनी, फुपूहरू मेरो लागि समान हुनुहुन्छ त्यही भएर कसैको मन नदुखाउने उद्देश्यले सबै ठाउँ अग्रासन लिएर जान छोडेको लाल बहादुरले बताए । नजिक भए पनि जान सकिन्थ्यो टाढा छ’ उनले भने । यस्तै तुलसीपुर उपमहानगरपालिका–१० कै सुमन चौधरीले पनि अग्रासन लिएर जान छोडेको ५/६ वर्ष भइसकेको बताए । उनको पनि चार ठाउँमा अग्रासन दिन जानुपर्छ ।


लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तीन जिल्लामा थारू समुदायलाई सार्वजनिक बिदा दिइएको छ । अझै पनि एउटा विज्ञप्तिकै आधारमा थारू समुदायको पर्वलाई राज्यले हेरिरहेको छ ।


उनका तीनजना फुपू र एकजना बहिनी छन् । उनले पनि अग्रासन दिन जाँदैनन् । उनीहरू जाँदैनन् त भइहाल्छ हामी पनि किन जानुप¥यो, अट्वारी सबैको घरमा हुन्छ, सबैको घरमा एकै किसिमका खानेकुराहरू हुन्छन्, आफ्नो घरमा खाइहाल्छन् नि भनेर अग्रासन दिन छोडेको बताए । ‘देखासिकीले पनि यस्तो चलन हराउँदै गइरहेको मेरो अनुभव छ’ उलने भने । उनीहरू आए भने हामी जाम्ला, आएनन् भने नगए भइहाल्यो नि भन्ने सोचले यो चलन हराउँदै गएको उनले बताए ।

दाजुभाइले दिदीबहिनीलाई स्वच्छ मनले सम्झेर आफूले खानुभन्दा पनि पहिले नै छुट्याएको भाग दिने चलन हराउनुमा धेरै कारणहरू रहेको थारू अनुसन्धाता रोहित थारूले बताए । ‘अग्रासनलाई खानेकुराको परिभाषाका रूपमा मात्रै लिइयो, यसको खास महत्व नै बुझेनन्, उनले भने । थारूहरूको पुरानो चलन हराउँदै जानुमा सांस्कृतिक रूपमा आएका स्खलन पनि रहेको उनको भनाइ छ । उनका अनुसार आफ्नो संस्कृतिभन्दा पनि गैर थारूहरूको संस्कृति परम्परालाई अंगाल्दै जानुले पनि यस्तो विचलन आएको हो ।

‘आफू कुन समुदाय, कुन संस्कार संस्कृतिबाट जन्मिएको, हुर्किएको भन्ने कुरा नै नयाँ पुस्ताले बिर्सिदै छन्’ उनले भने । बोकेर दिन जाने चलनलाई अहिलेको समयमा संकोच मान्ने, अर्को समुदायले पनि किन दिन जाने उनीहरूको घरमा पनि त खानेकुरा हुन्छ नि भन्दा आफैलाई ग्लानी हुनुजस्ता कारणले अग्रासन दिने चलन सँगसँगै अग्रासनको महत्व पनि हराउँदै गएको बताए ।

‘पुराना पुस्ताले पनि यसको बारेमा नयाँ पुस्तालाई अग्रासनबारे जानकारी नगराउने, चर्चा परिचर्चा नगर्ने, महत्वबारे नबुझाउने जस्ता कारणले नयाँ पुस्तामा चलन त होनि जे गरे पनि हुन्छ भन्ने जस्तो मानसिकता विकसित भयो, यही मानसिकताले नै पश्रय पायो’ उनले भने । नयाँ–नयाँ संस्कार संस्कृतिहरूलाई देखासिकीको भरमा अंगाल्ने न आफ्नो मौलिक परम्परागत चालचलन छोड्दै गइरहेको परिस्थिति अहिले मौलाएको छ । त्यसैले आफ्नोपनलाई जोगाउन संस्कार, संस्कृतिप्रतिको सम्मान आदरभाव आफैले गर्नुपर्ने उनको धारणा छ ।

पहिले एक जिल्लाबाट अर्को जिल्लामा पनि अग्रासन दिन आउने जाने गर्थे तर अहिले यातायातको सुविधा छ । चाहेपछि जान सकिन्छ तर यो नचाहेर नै यो चलन हराउँदै गएको थारू बुद्धिजीवी छोटीलाल थारूले बताए । ‘आजभोलिको पुस्ता अल्छी भइसकेको छ’ उनले भने । एक पुस्तापछि अर्को पुस्तामा जाँदा नयाँ पुस्ताले यस्तो नगरे पनि हुन्छ भन्ने मानसिकताले ठाउँ पाएका कारण यस्तो भएको उनको बुझाइ छ । पछिल्लो समय–समय परिवर्तनसँगै सबैजना आ–आफ्नै काममा व्यस्त हुने भएकाले पनि अग्रासन दिने चलन हराउँदै गएको होकि भन्ने कतिपयले भन्ने गरेको उनले बताए । पहिले संयुक्त परिवार हुन्थ्यो तर अहिले प्रायजसो एकल परिवार हुन्छ ।

त्यसैले को कता अग्रासन दिन जाने भन्ने कुरा परिवारमा चल्छ । ‘दिदीबहिनी तथा फुपूहरू धेरै भएको अवस्थामा परिवारको सबै सदस्यहरू गएर पनि नपुग्ने भएको हुनाले कुनै कुनै दिदीबहिनी अग्रासन पाउनबाट छुट्ने भएको हुनाले पनि कतै अग्रासन दिने र कतै नदिने गर्नुभन्दा पनि कहिँ पनि अग्रासन दिन नजाँदा हुन्छ भइहाल्छ भन्ने कारणले पनि अग्रासन दिने चलन हराउँदै गएको हो की भन्ने मेरो धारणा छ’ उनले भने ।

अग्रासन दिने चलन हराउँदै जाँदा दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धको दुरी पराइ बनाउँदै गएको उनले बताए । यसले समग्र थारू समुदायको पहिचानमा नै ठेस पुग्ने देखिन्छ । त्यसैले जे जस्तो भए पनि हामीले अग्रासन दिने चलनलाई लोप हुन दिनुहुँदैन । युवा पुस्ताले नै यसको खोजीनीति गर्न र अग्रासनलाई निरन्तरता दिन आवश्यक छ ।

अट्वारीको सार्वजनिक बिदा भित्तेपात्रोमा छैन

थारूहरूको अट्वारी पर्व र पर्वको दिन सार्वजनिक बिदा हुनुपर्छ भनेर कुनै भित्तेपात्रोमा लिखित रूपमा आएको देखिदैन । आजको आधुनिक युगमा पनि भित्तेपात्रोमा अट्वारी पर्वको मिति घोषणा गर्न नसकेको अवस्था छ । राज्यसँग माग नगरिएको होइन बिदाको माग गरिएकै हो तर माग मात्रै गर्नै दवावमूलक कार्यक्रम नगर्ने भएकाले पनि राज्यले यो पर्वको दिनको बिदालाई भित्तेपात्रोमा नसमेटिएको थारू अगुवाहरूले बताउँछन् ।

थारू बाहुल्यता रहेका जिल्लामा थारूहरूले माग गर्दा अब थारू बाहुल्यता रहेको जिल्लामा प्रदेश सरकार र स्थानीय सरकारले बिदा दिने गरेको छ । लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया तीन जिल्लामा थारू समुदायलाई सार्वजनिक बिदा दिइएको छ । अझै पनि एउटा विज्ञप्तिकै आधारमा थारू समुदायको पर्वलाई राज्यले हेरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here