Thursday, June 13, 2024
Homeमुख्य खबरउवासंघमा नयाँ नेतृत्वका लागि उम्मेदवारी

उवासंघमा नयाँ नेतृत्वका लागि उम्मेदवारी

- Advertisement -spot_img
दाङ, ३० भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । आगामी असोज १३ गते हुने निर्वाचनका लागि अध्यक्षमा रामप्रसाद पोखरेल र बसन्त जोशीकोे उम्मेदवारी परेको हो । पोखरेललाई राप्रपा, विप्लव, नेकपा मसालले समर्थन गरेको छ भने जोशीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
पोखरेल नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र पुन, उद्योेग उपाध्यक्षमा धु्रव गहतराज, बाणिज्य उपाध्यक्षमा राज राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भिमसेन डिसी, कोषाध्यक्षमा प्रेम बुढाले उम्मेदवारी दर्ता गराएका छन् । अन्यले सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै जोशी नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नरेश श्रेष्ठ, उद्योेग उपाध्यक्षमा भरत रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा माओवादीबाट महेन्द्र बुढाथोकी, सचिवमा माओवादीबाट नै विकास वली, कोषाध्यक्षमा जगत आचार्य, सहकोषाध्यक्षमा माधव खनाल र अन्य सदस्य पदमा सो प्यानलबाट उम्मेदवारी दर्ता भएको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here