Thursday, June 13, 2024
Homeसमाजज्ञानज्योतिमा कक्षा ११ विद्यार्थीलाई स्वागत

ज्ञानज्योतिमा कक्षा ११ विद्यार्थीलाई स्वागत

- Advertisement -spot_img
तुलसीपुर, ३० भदौ । ज्ञानज्योति कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् । ज्ञानज्योति फाउन्डेसनका शैक्षिक कोडिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट कार्यक्रम शुरू भएको हो ।
कक्षा १२ का विद्यार्थी सुशील पराजुलीको अध्यक्षता एवं ज्ञानज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष तथा शिक्षाविद् टिकाबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा शिक्षाविद् जिसीले ज्ञानज्योतिबाटै उत्पादन भएका जनशक्ति विभिन्न क्षेत्रमा कार्यरत रहेको देख्न पाउदा गर्वको अनुभूति हुने गरेको बताए । उनले शैक्षिक विकासमा योगदान दिनका लागि ज्ञानज्योति फाउन्डेशन स्थापना भएको बताए ।
तुलसीपुर–६ का अध्यक्ष दुजमान भण्डारीले शिक्षाको क्षेत्रमा ज्ञानज्योतीले भूमिका महत्वपूर्ण रहेको बताए । कार्यक्रममा सहजीकरण शिक्षक सन्तोष केसीले गरेका थिए । कार्यक्रममा चर्चित गायक प्रताप दास, आधुनिक गायक तथा संगीतकार गोविन्द मधुर आचार्य लगायतको प्रस्तुती रहेको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here