- Advertisement -spot_img
Friday, September 29, 2023
Homeसमाजसहारा सहकारीको साधारणसभा

सहारा सहकारीको साधारणसभा

- Advertisement -spot_img
तुलसीपुर, ३० भदौ ।  तुलसीपुरमा रहेको सहारा बचत तथा ऋण सहकारी संस्थाले शनिबार १६औं वार्षिक साधारणसभा गरेको छ । संस्थाका अध्यक्ष  बासुदेव आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीको प्रमुख आतिथ्यतामा साधारणसभाको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा उपाध्यक्ष केसीले सहकारी उत्पादनसँग जोडिनुपर्ने बताए । उनले आर्थिक विकासको प्रमुख आधार सहकारी पनि भएको भन्दै उत्पादनसँग सहकारी जोडिनुपर्ने बताए । उनले सहकार्य र सहअस्तित्वले समाजको विकास गर्न नै सहकारी प्रमुख आधार भएको बताए । उनले सदस्यलाई डिजिटल माध्यममा जोड्नुपर्ने र सहकारीमा सदस्यता दोहोरो लिएर कर्जा लिनेसँग सचेत बन्नुपर्ने बताए ।
लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूप बहादुर खत्रीले सहकारीमा आवद्ध सदस्यले वचत गरेको रकम सुरक्षित गर्न सञ्चालक समिति चनाखो बन्नुपर्ने बताए । उनले सदस्यले पनि सुरक्षित हुने वातावरण खोजी गर्नुपर्ने बताए । तीनवटै सरकारलाई सहकारीको दर्ता र खारेजीको अधिकार भएपनि  सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाइ छ ।
  तुलसीपुर–६ का निवर्तमान अध्यक्ष नवराज लामिछानेले बालबालिकालाई कुपोषणबाट बचाउन सहकारीले आवश्यक रणनीति बनाउन सकिने बताए । संस्थाका सल्लाहकार यमप्रसाद खरालले सदस्यले ऋणभन्दा पनि बचत गर्नमा जोड दिनुपर्ने बताए ।
राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखाका मनोज रिजालले बचतलाई परिचालन गरेर सहकारी चल्ने भएकाले यसमा सदस्य र सञ्चालक समिति सचेत हुनुपर्ने बताए । शेयर सदस्य नोखी रावत र नारायण कुमार आचार्यले सहकारीले जीवनयापनमा सहजता बनाएको बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक तुलसीराम गुप्ता र माया आचार्यलाई  सम्मान गरिएको छ । असल ऋणी आशा नेपाली, असल बचतकर्ता सीता महतरा, शेयर सदस्यका छोराछोरीमा कक्षा १२ उत्कृष्ट अंक ल्याउने सदिक्षा पौडेललाई सम्मान गरिएको छ । विस २०६४ सालमा स्थापना भएको सहकारीमा ४ सय ७१ जना शेयर सदस्य रहेका छन्  ।
कार्यक्रममा संस्थाका सचिव भिमलाल मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष पदम कुमार ज्ञवालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष ज्ञवालीका अनुसार सहकारीमा हाल शेयर पुँजी ८८ लाख ७२ हजार ५ सय पुगेको छ । यस्तै बचत संकलनतर्फ १ करोड ६५ लाख ४ हजार ४२९ रहेको र कर्जा २ करोड १९ लाख ८५० रहेको कोषाध्यक्ष ज्ञवालीले बताए । कार्यक्रमको सहजीकरण सचिव भिमलाल मरासिनीले गरेका थिए ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here