Friday, January 24, 2025
Homeसमाजव्यवसायीलाई डस्बीन

व्यवसायीलाई डस्बीन

- Advertisement -spot_img

तुलसीपुर, ३० भदौ । तुलसीपुर उपमहानगरपालिकाले बजार सफा राख्नका लागि डस्बीन हस्तान्तरण गरेको छ । तुलसीपुर उपमहानगर–पालिकाभित्र रहेको ऐतिहासिक बिजौरी बजार क्षेत्रलाई सफा र सुन्दर राख्नका लागि बजार क्षेत्रमा व्यवसायी गर्दै आएका व्यापारीलाई डस्बीन हस्तान्तरण गरेको हो ।

तुलसीपुर उपमहानगर–पालिकाका नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रलाई सफा राख्नका लागि व्यापारीहरूलाई डस्बीन विगतदेखि नै हस्तान्तरण गर्दै आएको बताए । उनले बजारलाई सफा र सुन्दर तुल्याएमात्रै ग्राहकलाई आकर्षण गर्न सकिने भन्दै जथाभावी फोहोर नफ्याक्न आग्रह गरे ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काले उद्योग वाणिज्य संघले प्रत्येक शुक्रबार बजार क्षेत्र सरसफाई गर्दै आएको बताए । उनले व्यवसायीहरूलाई प्लाष्टिकजन्य वस्तु जलाउँदा स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै डस्बीनमा राख्नका लागि आग्रह गरे । तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखाका प्रमुख मस्तबहादुर थापाले पालिकाको ७५ प्रतिशत र उद्योग वाणिज्य संघको २५ प्रतिशत लगानीमा व्यवसायीलाई एक सय ५० वटा डस्बीन हस्तान्तरण गरिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here