Monday, July 15, 2024
Homebreaking-newsसन्दर्भः राष्ट्रिय बाल दिवस, बालश्रमको प्रकृति फरक

सन्दर्भः राष्ट्रिय बाल दिवस, बालश्रमको प्रकृति फरक

- Advertisement -spot_img

निता चौधरी
तुलसीपुर, २९ भदौ । नेपाल सरकारले सन् २०२५ भित्र नेपालबाट बालश्रम उन्मुलन गर्ने लक्ष्य लिएको छ । तर, यो लक्ष्य भेटाउन त्यति सजिलो भने छैन । वषौँसाल बाल दिवस, बालश्रमविरूद्धको दिवस मनाउने गरिन्छ तर पनि बालबालिकाको अवस्था सोचे अनुसार परिवर्तन हुन सकेका छैन । अझै पनि विभिन्न ठाउँमा बालबालिका श्रममा लागेको देख्न सकिन्छ ।

नगर बाल सञ्जाल तुलसीपुरका अध्यक्ष शिशिर गिरीले बालबालिकाको क्षेत्रमा काम गर्दै गर्दा अझै पनि केही बालबालिका श्रममा रहेको बताए । ‘पहिलेको जस्तै धेरै संख्यामा नरहे पनि केही संख्यामा बालबालिका श्रममा लागिरहेका छन्,’ गिरीले भने– ‘पहिले सार्वजनिक गाडीमा धेरै बालबालिका श्रमिकका रूपमा काम गर्दा हामीले स्पष्ट रूपमा देख्न सक्थ्यौँ ।’

अहिले यातायात व्यवसायी, सरोकारवाला निकाय बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरूको पहलमा सार्वजनिक यातायातमा कमी आएको तर बजारका मासु पसल, केही होटलहरूमा बालबालिका श्रमिकका रूपमा देख्न सकिने उनले बताए । ‘लाग्न त कुनै पनि बालबालिका रहरले श्रममा लाग्दैन, उनीहरूको बाध्यता हुन्छ तर त्यो बाध्यता कसले बुझिदिने रु’ उनले भने–‘अधिकांश बालबालिका बाध्यताले नै श्रममा लाग्ने गरेका छन् ।’

यस्तै नगर बालसञ्जाल तुलसीसुरका कोषाध्यक्ष रेजिना मियाँले देखासिकी, सामाजिक सञ्जालको दुरूपयोग, आर्थिक अवस्था कमजोरलगायतका कारण बालबालिका श्रममा लागिरहेको बताइन् । ‘घरको आर्थिक अवस्था कमजोर भएपछि बालबालिकाको चाहना अभिभावकले पूरा गर्न नसक्दा आफ्नो इच्छा, चाहना पूरा गर्नका लागि पनि कतिपय बालबालिका श्रममा लागिरहेका हुन्छन्’ उनले भनिन्–

‘आफ्नो चाहना पूरा गर्नका लागि किशोर किशोरीहरू भविष्यको वेवास्ता गरेर भएपनि श्रममा लागेर क्षणिक आयआर्जन गर्न चाहने कारणले गर्दा बालबालिका अझै पनि श्रममा लागेको पाइन्छ ।’ यसको पछाडि अभिभावकको भूमिका धेरै महत्वपूर्ण भएको उनले बताइन् ।

‘अभिभावक सधैँ आफ्नो काममा व्यस्त हुने र बालबालिकाको चाहना बुझ्न नचाहने तथा चाहेर पनि नसुनिदिने गर्दा उनीहरू गलत बाटो रोजिरहेका हुन्छन्, त्यसैले बालबालिकालाई कस्तो व्यक्ति बनाउने जिम्मा आमाबुबाको हातमा हुन्छ’ उनले भनिन्– ‘स्थानीय सरकार तथा सरोकारवाला निकायको भूमिका पनि अहम् हुन्छ ।’

श्रममा लाग्ने बालबालिकाहरूको संख्या विगतको भन्दा धेरै कम भैसकेको बालअधिकारकर्मी नवराज लामिछानेले दावी गर्छन् । पछिल्लो समय बालश्रममा लाग्ने बालबालिकाको संख्या केही मात्रामा घट्दै गएको पाइएको बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघसस्थाको तथ्यांकले देखाउँछ । तर दाङमा कति बालबालिका श्रममा छन् रु भन्ने एकिन तथ्यांक कसैले पनि नराख्ने गरेका कारण कति बालबालिका श्रममा छन् भन्ने एकिन गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

‘सन् २०११ मा दाङको घोराही र तुलसीपुरमा गरेको सर्वेक्षणमा १२/१३ वर्षदेखि १६/१७ वर्ष उमेर समूहका एक हजारभन्दा धेरै बालबालिका विभिन्न प्रकृतिका श्रममा लागेको हामीले भेटाएका थियौँ’ उनले भने– ‘त्यसपछि विभिन्न समयमा अनुगमन गर्दा त्यति भेटिएनन् ।’ कहिँकतै बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर भएर पढ्ने र तलबको शर्तका श्रमिकको रूपमा बस्ने गरेको भने अझै पनि भेटिने गरेको उनले बताए ।

तर ती बालबालिकाहरू त्यसमै खुसी भएको प्रतिक्रिया दिने गरेको उनको भनाइ छ । यस्तै कुनै बालबालिका आमाबुबाले दोस्रो विवाह गरेर छोडेर गएका अभिभावकविहीन बालबालिकाहरू श्रममा लाग्ने गरेका छन् । लामिछानेका अनुसार अधिकांश बालबालिकाहरूलाई परिवारमा पुनःस्थापना गराएर बालश्रमिकको संख्यामा कमी आएको छ । अहिले श्रममा भएपनि प्रकृति फरक छ । शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण क्षेत्रमा कृषिकै काममा प्रयोग हुने बालबालिका रहेको लामिछानेले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here