Wednesday, September 4, 2024
Homeमुख्य खबरतीन जिल्लामा अट्वारी बिदा

तीन जिल्लामा अट्वारी बिदा

- Advertisement -spot_img

दाङ, २९ भदौ । दाङसहित तीन जिल्लामा आउँदो आइतबार सार्वजनिक बिदा हुने भएको छ । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बड्का अट्वारीको अवसरमा दाङ, बाँके र बर्दियामा सार्वजनिक बिदा दिने भएको हो । भदौ ३१ गते पर्ने अट्वारीको दिन सम्बन्धित समुदायलाई बिदा दिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरि यस्तो जानकारी दिएको हो ।

थारू समुदायले अट्वारीलाई विशेष पर्वका रूपमा मनाउने गरेका छन् । थारू जातिको बाहुल्यता भएका यी तीन जिल्लामा प्रदेश सरकारले बिदा दिने भएको हो । गत चैत १७ गतेको निर्णय अनुसार बिदा दिइएको अधिकृत माधव शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यसैबीच घोराही उपमहानगरपालिकाले भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिएको छ । थारू समुदायको अट्वारी पर्वको अवसरमा एक दिन उपमहानगर र उपमहानगरअन्तर्गत रहेका सबै कार्यालय तथा सामुदायिक तथा संस्थागत विद्यालयमा समेत सार्वजनिक बिदा दिइएको उपमहानगरले जनाएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार बिदा दिने निर्णय भएको उमहानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here