- Advertisement -spot_img
Friday, September 29, 2023
Homeमुख्य खबरमन्त्रालय नथपी सरकारलाई पूर्णता दिन निर्देशन

मन्त्रालय नथपी सरकारलाई पूर्णता दिन निर्देशन

- Advertisement -spot_img

दाङ, २९ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई मन्त्रालयको संख्या नबढाएर सरकारलाई पूर्णता नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निर्देशन गरेको छ । राप्ती उपत्यकामा बसेको कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेशमा मन्त्रालय थप्दा आर्थिक भार थप हुने र जनताको बीचमा नकारात्मक सन्देश जाने भन्दै मन्त्रालय नबढाई सरकारलाई पूर्णता दिन मुख्यमन्त्री डिल्ली बहादुर चौधरीलाई निर्देशन गर्ने निर्णय गरेको हो ।

जनताका जनजीविकालाई मध्यनजर गर्दै प्रभावकारी जनमुखी कार्यक्रम गर्न प्रदेश सरकारलाई चुस्त, दुरूस्त गर्न गठबन्धनमा आबद्ध दल र सबै राजनीतिक दलसँग समन्वय गर्दै संघीयतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकारलाई नेपालको संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन पनि बैठकले अनुरोध गरेको मुख्य सचिव मोहनराज शर्माले जानकारी दिए । बैठकले प्रदेश पोलिसी ह्याकथन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here