दाङ, २९ भदौ । समाज शिक्षित बन्दै गएपनि महिलामाथि हुने विभिन्न किसिमका हिंसाका घटनामा कमी आउन सकेको छैन । बर्सेनि महिला तथा बालबालिकामाथिको हिंसा हुने क्रम बढ्दै गएका पाइएकोे छ । महिला पुनस्थापना केन्द्र ओरेकका अनुसार दाङमा पाँच वर्षको अवधिमा महिला तथा किशोरीमाथि भएका हिंसाको अवस्था भयावह देखिएको छ ।
पाँच वर्षको अवधिमा सात सय १० वटा हिंसाका घटना भएका छन् । जसमा सबैभन्दा धेरै घरेलु हिंसा रहेको छ ।
पाँच वर्ष घरेलु हिंसा ५ सय १, जबरजस्ती करणीका ५४, जबरजस्ती करणी उद्योगका ३, बालविवाहका ३, यौन दुव्र्यवहारका ३३, सामाजिक हिंसाका ६१ वटा घटना भएका छन् । यस्तै परिवारबाट अलपत्र चार, बोक्सी आरोपको एक, हिंसामा परेर आत्महत्याको घटना नौं, मानव बेचबिखनका एक र अन्य हिंसाका २४ वटा घटना ओरेकमा दर्ता भएको छ ।
महिलालाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्नु, महिलालाई हेर्ने सकारात्मक सोँचको विकास नहुनुजस्ता कारणले पनि हिंसाको घटना बढ्दै गएको पाइएको ओरेककी कार्यक्रम संयोजक पूजा चौधरीले बताइन् ।