Wednesday, May 15, 2024
Homeमुख्य खबरसुन तस्करी प्रकरण सीआईबीले प्रतिवेदन बुझायो 

सुन तस्करी प्रकरण सीआईबीले प्रतिवेदन बुझायो 

- Advertisement -spot_img
दाङ, २७ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले सुन तस्करीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रूपैयाँ बराबरको सुन तस्करी भएकाले त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय पेस गरिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिए ।
नेपालमा सुन तस्करी गर्न खडा गरिएका कम्पनीहरूले अवैध रूपमा थप ३०२ दशमलब ६२ किलो सुन ल्याएको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ । सीआईबीले २६ जनाविरूद्ध मुद्दा चलाउन राय दिएको छ । यहि प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।
विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब ६१ किलो अवैध सुन रेडी ट्रेडमार्फत ल्याइएको खुलेको थियो । सीआईबीले यो प्रकणमा ३२ जनालाई पक्राउ गरिएको र १८ जना अभियुक्त भने अझै फरार रहेको जनाएको छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here