Saturday, July 20, 2024
Homebreaking-newsलुम्बिनीमा स्वास्थ्यसम्बन्धी कार्यक्रम मार्गदर्शन तयार

लुम्बिनीमा स्वास्थ्यसम्बन्धी कार्यक्रम मार्गदर्शन तयार

- Advertisement -spot_img

लमही, २७ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष ०८०/०८१ मा सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ । स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्तर्गतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरी अन्तिम रूप दिइएको छ ।

स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष ०८०/०८१ मा सञ्चालन हुने एकीकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढीकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरूको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरिएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले बताए ।

चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरूबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको हो । छलफलबाट अन्तिम रूप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्विकृत गरी कार्यान्वयनमा ल्याइने छ । स्वास्थ्य सचिव डा. जर्नादन पन्थीको अध्यक्षतामा भएको परामर्ष बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुने गरी मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताए ।

मन्त्री खनालले चालु आर्थिक वर्षका कार्यक्रममा तत्काल कार्यान्वयनमा लैजान निर्देशन दिए । कार्यक्रम कार्यान्वयनका लागि निर्माण हुन बाँकी रहेका कार्याविधि एक साताभित्र निर्माण गर्न निर्देशन दिदै मन्त्री खनालले योजाना तथा कार्यक्रम कार्यान्वयनमा कुनै पनि किसिमको ढिलाइ नगर्न आग्रह गरे । उनले मन्त्रालयले यस वर्षदेखि सुरू गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिए ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले दुईवटा कार्यालयले एकै प्रकृतिको काम गरी दोहोरोपना हुने काम नगर्न निर्देशन दिए । स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालहरूबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयुर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरी १ सय ५७ वटा कार्यक्रमको मार्गर्दशन तयार भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here