Tuesday, June 11, 2024
Homeराजनीतिलुम्बिनी प्रदेश सरकारको वर्षे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश सरकारको वर्षे अधिवेशन अन्त्य

- Advertisement -spot_img

दाङ, २७ भदौ । लुम्बिनी प्रदेश सरकारले मंगलबार मध्य रातीदेखि वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुखसमक्ष वर्षे अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता तथा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले मन्त्रिपरिषद् बैठकले लोक सेवा कार्यालयका लागि भवन उपलब्ध गराउने, वाढी प्रभावित क्षेत्र बर्दियाका स्थानमा राहत उपलब्ध गराउने, गाडी दुर्घटनामा परेका र बाघको आक्रमणमा ज्यान गुमाएकालाई राहत उपलब्ध गराउने निणर्य गरेको जानकारी दिए ।

बैठकले प्रदेश सरकारका संगठन संरचना र अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ । भदौ २२ गते बसेको २५औं प्रदेशसभा बैठकले प्रदेश निजामती कर्मचारी विधेयक पारित गरेको थियो । जसलाई यो सरकारको महत्वपूर्ण उपलब्धि मानिएको छ । विधेयक प्रमाणिकरण भैसकेपछि प्रदेश सरकारले १३ तहका तहका कर्मचारी नियुक्ति गर्न सक्ने बाटो खुला हुनेछ ।

तर, मुख्यमन्त्री भएको पाँच महिना बितिसक्दा पनि डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अझैं पूर्णता पाइ सकेको छैन । सत्ता साझेदार दलहरूमध्ये सहमति अनुसार अझैं नेपाली काँग्रेसबाट २ र नेकपा माओवादी केन्द्रबाट २ जना व्यक्तिहरू मन्त्री बनाइने छन् ।

तर, मुख्यमन्त्री चौधरी भने मन्त्रालय टुक्राएर मन्त्रालयको आकार ठूलो बनाउने पक्षमा नरहेको हुँदा अब काँग्रेसबाट एकजना र माओवादीबाट एकजना मात्रै मन्त्री बन्न सक्ने स्रोतले बताएको छ । हाल प्रदेश सरकारमा मुख्यमन्त्रीसहित सात मन्त्रालयहरू छन् ।

मुख्यमन्त्रीसहित थप तीन मन्त्रालय चौधरीले आफू मातहतमै राखेका छन् । गत वैशाख १४ गते आठ दल र एक स्वतन्त्र सांसदसहित ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री नियुक्त भएका थिए । उनले वैशाख १९ गते विश्वासको मत लिएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here