Monday, September 9, 2024
Homeमनोरञ्जनगाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार दाङ आउँदै

गाईजात्रा कार्यक्रमका लागि चर्चित हास्य कलाकार दाङ आउँदै

- Advertisement -spot_img

घोराही, २२ भदौ । आज शुक्रबार घोराहीमा हुने गाईजात्रा कार्यक्रमको तयारी पूरा भएको छ । रोटरी क्लव अफ दाङको आयोजनामा हुने गाईजात्रा कार्यक्रमको तयारी पूरा भएको हो । घोराही उपमहानगरपालिका–१५ मा रोटरी खुल्ला व्यायामशाला निर्माण गर्ने मुख्य उद्देश्यका साथ ब्राण्ड बर्थ प्रालिसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमका लागि कलाकारहरूको टोली बिहीबार दाङ आइपुगेको कार्यक्रम संयोजक मिनराज भाटले जानकारी दिए ।

कार्यक्रममा देशकै चर्चित हास्य कलाकारहरूको प्रस्तुति रहने छ । जसमा बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टिका भण्डारी, सुवोध गौतम, रूविना अधिकारी, मेक्सम गौडेल, सुन्दर खनाल, सरोज घिमिरे, प्रभात लामा, सीता न्यौपाने, चक्र दमाईलगायतका कलाकारहरूको प्रस्तुति रहने छ ।

पछिल्लो समयमा मानसिक समस्या भएका व्यक्तिहरूको संख्या बढ्दै गएको र मानसिक समस्यामा मानिसहरू संवेदनशील बन्न नसकेकाले सकारात्मक उर्जा, प्रेरणा र हर्षोल्लासका साथ खुसी प्रदान गर्नका लागि आयोजना गरिएको गाईजात्राको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक भाटले जानकारी दिए ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू र उनीहरूलाई कसरी मनोरञ्जन प्रदान गर्न सकिन्छ ? भन्ने बारेमा सचेतना फैलाउने, कमेडी कार्यक्रमले नेपाली जनतालाई आफ्नो जीवन सकारात्मकता र खुसीका साथ बिताउन उत्प्रेरित गर्ने, देशमा रहेका विकृति र समस्याहरूको बारेमा गम्भीर व्यङ्ग्य प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा प्रवेशका लागि एक हजार र पाँच सय रूपैयाँ टिकटको व्यवस्था गरिएको छ ।

आज शुक्रबार बेलुका ४ बजेदेखि घोराही उपमहानगरपालिका–१४ मा रहेको बहुउद्देश्य सभागृहमा हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप मजगैयाँले सम्पूर्णमा अनुरोध गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here