Wednesday, May 1, 2024
Homeखेलकुदआफ्नै देशलाई हराउने ‘मोन्टी’ रणनीति

आफ्नै देशलाई हराउने ‘मोन्टी’ रणनीति

- Advertisement -spot_img
काठमाडौँ, १८ भदौ । जननी जन्मभूमिश्व स्वर्गादपि गरीयसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । भनिन्छ जन्मभूमि मुटुभन्दा पनि प्यारो अनि स्वर्गभन्दा सुन्दर हुन्छ । तर आज सोमबार एसिया कपमा भारतविरूद्ध खेल्दा नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईको हकमा यो लागू हुनेछैन । मोन्टी आफ्नो देश भारतलाई नै हराउन रणनीति बनाउनुपर्ने हुन्छ ।
व्यावसायिक खेल जीवनमा उनी फेरी एकपटक जन्मभूमि नभएर कर्मभूमिको हितमा काम गर्नेछन् । मोन्टीले आफ्नो देशलाई हराउन नेपालबाट रणनीति दोस्रो पटक बनाउनेछन् । सन् २०१७ को यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदा मोन्टी नेपालका ब्याटिङ प्रशिक्षक थिए । नेपाली कुनैपनि क्रिकेट इतिहासमा भारतलाई हराएको त्यो नै एकमात्रै खेल हो ।
नेपाल श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा भारतविरूद्ध उत्रनेछ । उक्त मैदानमा उत्रनु अघि मोन्टी भारतविरूद्ध राम्रो प्रदर्शन गर्न हरप्रयास रणनीति बनाउनेछन् । कप्तान रोहित पौडेल, खेलाडी र मोन्टीबीच छलफल हुनेछ । मैदान प्रवेशपछि हरेक टोलीको मुख्य उद्देश्य जित नै हुन्छ । भारतलाई हराउन तब मात्रै सम्भव छ जब नेपालले जादुमयी प्रदर्शन गर्नसक्छ । अन्यथा नेपालको जित कल्पना बाहिर देखिन्छ । विश्वको एक उत्कृष्ट टोली भारत र उनीहरूका खेलाडीविरूद्ध खेल्न पाउनु नै ठूलो उपलब्धि हो ।
मोन्टीले नेपाली क्रिकेटमा जादुगरजस्तै गर्दै आएका छन् । उनी र नेपाली टोलीको जादुमा नेपालले ओडिआई मान्यता बचेको थियो । उनी त्यो समय नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा आएका थिए जुन अवस्थामा ओडिआई मान्यता लगभग गुमेको अवस्था थियो । ओडिआई मान्यता बच्नेमा कमैले विश्वास गर्थे ।
नेपाललाई ओडिआई सोझै जोगाउन आइसिसी विश्वकप लिग–२ मा १२ मध्ये ९ जित आवश्यक पर्दथ्यो । नेपाली टोली २ सय रन बनाउन नै निकै संघर्ष गर्नुपरेको थियो । मोन्टीले १२ मध्ये ११ खेल जिताउँदै ओडिआई मान्यता मात्रै होईन सोझै विश्वकप छनोटमा पु¥याए । २ सय होइन नेपाल ३ सय को आसपासमा लगातार रन बनाउन सक्ने बनाए ।
ब्याटिङ लाइनअपलाई थप मजबुत बनाए । टिमलाई एक बनाएर अघि बढाए । ह्याप्पी ड्रेसिङ रूम अभियान चलाउँदै नेपाली क्रिकेटमा एकपछि अर्को परिवर्तन गरे । मनोबल र स्तर दुवैमा सुधार गरे । नेपाललाई एसिसी प्रिमियर कपको उपाधि जित्दै भारत र पाकिस्तानसँग खेल्ने सपना साकार पारे ।
पाकिस्तानविरूद्ध नेपाल खेलिसकेको छ । भारतविरूद्ध खेल्दैछ । विश्व क्रिकेटका उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्माविरूद्ध नेपाली बलरले बलिङ गर्नेछन् । विश्वका एक उत्कृष्ट तीव्र गतिका बलर जस्प्रित बुमराहविरूद्ध नेपाली ब्याटरको प्रदर्शन हेर्न लायक हुनेछ ।
चाइनाम्यान स्पिनर कुलदीप यादव र नेपाली ब्याटरको स्वीप हेर्न धेरै आतुर छन् । भारतसँगको खेलमा सबैभन्दा प्रतिक्षा कोहलीको प्रदर्शन हुनेछ । वर्तमान विश्व क्रिकेटका उत्कृष्ट ब्याटर कोहली नेपालविरूद्ध कसरी प्रस्तुत हुन्छन् त्यो हेर्न बाँकी छ । मोन्टीलाई राम्रो प्रदर्शनको चुनौती पनि छ ।
भारतमा रोहित, शुभमन गिल, कोहली, श्रेयस ऐर, ईशान किशन जस्ता ब्याटर छन् । हार्दिक पान्ड्या र रविन्द्र जडेजा विश्वका उत्कृष्ट अलराउन्डर हुन् । भारतले टस जित्दा होस् वा हार्दा पहिला ब्याटिङ गर्ने सम्भावना देखिन्छ । भारतको रणनीति आक्रामक रूपमा रन जोड्दै विशाल योगफल बनाउने हुनेछ । विश्वस्तरिय ब्याटर हुँदा रनको वर्षा गराउन सक्छ ।
जस्प्रित बुमराह, मोहम्मद शिराज र शार्दुल ठाकुरको तीव्र गति सामना गर्दै रन जोड्नुपर्ने हुन्छ । २०१७ को यू–१९ एसिया कपमा नेपालले हराउँदा मोन्टी नेपाली टोलीका ब्याटिङ प्रशिक्षक थिए । भारतीय यू–१९ टोली राहुल द्रविडले हेरेका थिए । मोन्टी नेपालको र द्रविड भारतको मुख्य प्रशिक्षकको रूपमा एसिया कपमा भिड्दैछन् ।
मोन्टीलाई गुमाउनु केही छैन । तर द्रविडलाई केही दबाब हुनेछ । यदि नेपालसँग हा¥यो भने भारत समूह चरणबाटै बाहिरिनु पर्ने हुन्छ । २०१७ मा भारतीय यू–१९ टोली नेपालसँगको हारको कारण समूह चरणबाटै बाहिरिएको थियो । दुबै देशलाई एउटा चिन्ताले सताउनेछ । त्यो हो वर्षा । नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना छ ।
- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here