Wednesday, April 24, 2024
Homeसाहित्यऋषि सन्देश

ऋषि सन्देश

- Advertisement -spot_img


श्रीराम दहित


तिमी त्यो नसोंच म टाढा छु भनि रूप जुनसुकै हुन सक्छ तिमीसँगै छु
ध्यान गरि त हेर मलाई, तिम्रै चेतनामा सधैं म मुस्कुराइ रहने छु

ठक्कर पाएर मात्र तिमीले ऐया ! हुँदा मलाई स्मरण गर्ने गलत चलन छ
सुख भोगको दौडमा थाहा थियो मलाई तिम्रो यात्रा कुन उद्देश्य हुँदैछ

तिमी जतिबेला दुःखमा तड्पिन्छौ मैले मातृवत्सल्य मुस्कुराउँदै दिनेछु
हरपल मलाई आफ्नै सम्झी ध्यान दृष्टिद्वारा हेर तिम्रो चेतना खोल्ने छु

मधुर ध्वनी संसारको भुलेर एकछिन् सुन प्रेरणा गीत गाउँदै छु
अन्तर दृष्टिले हेर्ने प्रयास गर मलाई तत्वदर्शी बन्ने मार्ग प्रसस्तै गर्नेछु

सन्देश मेरो तिमी सुन्ने चेस्ता गर्दैनौ आफ्नै धुनमा हाँस्ने–रूने गर्दछौँ
चर–अचर सृष्टिमा बास हुन्छ मेरो तथ्यसत्य के हो मबाट टाढा रहन्छौ

दिव्य सनातन परम्परा क्षय हुँदैछ निरन्तर तिम्रो अप्राकृतिक जीवनशैली
ऋषि सन्तान कहलिन्छाँै मात्र तड्पाउने तड्पिने अप्राकृतिक जीवनशैली

महामन्त्र ध्वनिमा अतुलनीय उर्जा छ आत्मालाई शुद्धीकरण गरी राख
मन्त्रको दुरूपयोग तान्त्रिक बनि नगर मानव जीवन पवित्र सधैं राख

संगठित बनी क्रान्तिको मार्गमा हिँड सुरक्षा कवज बन्नेछु सधैं
तिम्रो जीवनको उपवनमा फुल्ने पुष्पले दुरदराजमा सुगन्ध दिनेछ सधैं

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here