Tuesday, July 16, 2024
Homeसमाजखुला कबड्डी प्रतियोगिता हुँदै

खुला कबड्डी प्रतियोगिता हुँदै

- Advertisement -spot_img

तुलसीपुर, १४ भदौ । दाङको तुलसीपुरमा खुला कबड्डी प्रतियोगिता २०८० हुने भएको छ । युथ स्पोर्टस् एकेडेमी तुलसीपुर दाङको आयोजनामा हुने प्रतियोगिता यहि भदौ १५ गते शुक्रबारदेखि राप्ती किङ प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन बिहान ११ बजे हुने आयोजक युथ स्पोर्टस् एकेडेमी तुलसीपुरका अध्यक्ष सुजन थापामगरले जानकारी दिए।

प्रतियोगिताको बिजेता टिमले नगद ३० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपबिजेता टिमले नगद २० हजार, ट्रफी, मेडल, प्रमाणपत्र र तृतीय स्थान प्राप्त गर्ने सेमिफाइनलसम्म पुगेका दुई टिमलाई प्रमाणपत्र, मेडल, कपको ब्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

भदौ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ बढी टिमको सहभागिता रहने छ । यसैबीच आयोजकले प्रतियोगितामा सहभागी हुने टिमका खेलाडीहरूको उमेर २२ वर्ष मुनिको हुनुपर्ने जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here