प्रदेश टुडे
तुलसीपुर, ७ भदौ । तुलसीपुर नगरस्तरीय सितोरियो कराँते संघको नयाँ कार्यसमिति चयन भएको छ । जसको अध्यक्षमा देउचन केसी चयन भएका छन । नेपाल सितोरियो कराँते तुलसीपुर नगरस्तरका सिनियर खेलाडीहरूको बिहीबार तुलसीपुरमा भएको भेलाले देउचन केसी अध्यक्ष रहेको सात सदस्यीय नगरस्तरीय सितोरियो कराँते संघ गठन गरेको हो ।
जसको उपाध्यक्षमा सुरेश नेपाली, सचिव दिनेश केसी, कोषाध्यक्ष पुष्पा नेपाली रहेका छन् ।
त्यसैगरी संघको सदस्यमा प्रदिप चौधरी, समृद्धि खत्री र साहिल चौधरी रहेको संघका सचिव दिनेश केसीले जानकारी दिए । भेला नेपाल सितोरियो कराँते लुम्बिनी प्रदेश प्रमुख प्रशिक्षक बलराज नेपालीको अध्यक्षता तथा लुम्बिनी प्रदेश कराँते महासंघका अध्यक्ष पदम बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शान्ति सोमैको रोहवरमा भएको थियो ।