Sunday, December 15, 2024
Homebreaking-newsअपांगता हुँदा परनिर्भरताको पीडा

अपांगता हुँदा परनिर्भरताको पीडा

- Advertisement -spot_img

निता चौधरी
तुलसीपुर, ५ भदौ । तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँकी मञ्जु कँडेल शारीरिक रूपमा अशक्त छिन् । उनले आफ्नो काम आफै गर्न सक्दिनन् । उनको लागि एकजना सहयोगी चाहिन्छ । अशक्त भएकै कारण आफ्नै नजिकका साथीहरूबाट पटक–पटक अपहेलना खेपेको पीडा उनीसँग छ ।

‘अरू बेला त जे जस्तो व्यवहार गरेपनि कहिलेकाहिँ आफू बिरामी हुँदा तथा महिनाबारी भएको बेलामा नजिकका साथीहरूले नै गरेको व्यवहार सम्झिदा साह्रै पीर लाग्छ’ उनले भनिन्– ‘रून मन लाग्छ, तर के गर्ने सम्झिएर पनि आफूले गर्न केही सकिदैन, अपाङ्ग भएर बाँच्न निकै गाह्रो छ ।’

उनले सानैदेखि लेख्न नसक्ने हुनाले परीक्षामा सहयोगी लेखक राख्नुपर्छ । कहिलेकाहिँ लेखक नै नभेटिने समस्या हुन्छ । पढ्ने रहर, इच्छा हुँदाहुँदै पनि कहिलेकाहिँ सहयोगी लेखक नभेटिदा धेरै समस्याहरू भोगेको अनुभव ताजै छन्, उनको मनमा । उनलाई घर बाहिर निस्किन पनि समस्या छ । पाइला–पाइलामा पैसाको आवश्यकता पर्छ, तर आफ्नो आम्दानी र कमाइ भन्ने केही छैन । आफ्नो आधारभूत आवश्यकता पुरा गर्न पनि अभिभावकको भर पर्नुपर्ने बाध्यता छ ।

सहयोगी लेखक धेरै संघर्ष गरेर स्नातक तहको अध्ययन त गरेकी छन्, तर उनको क्षमता अनुसारको रोजगार छैन । उनको बेरोजगार बस्ने चाहना छैन तर पनि अपाङ्ग भएकै कारण रोजगारको अवसरबाट वञ्चित भइरहेकी छन् । ‘अलिअलि हिड्न सकेपनि भ¥याङ चढ्न सक्दिनन्, आफै शारीरिक रूपमा सबै कामहरू गर्न नसकेका कारण सधैँ परनिर्भर भएर बस्न परिरहेको छ’ उनले भनिन्– ‘आफूले प्राप्त गरेको दक्षता अनुसारको काम गर्ने क्षमता छ त्यसैले राज्यले रोगजारीको सिर्जना गर्ने अवसर प्रदान गर्नुपर्छ ।’

तुलसीपुर उपमहानगरपालिका–९ की अस्मिता बुढामगरले आफू आत्मनिर्भर नहुँदा धेरै समस्या भोग्नुपरेको पीडा उनको मनमा छ । परनिर्भरताले आम मान्छेलाई त समस्या पार्छ भने अपाङ्गता भएकाहरूको अवस्था झन कस्तो होला ? परनिर्भर हुँदा सहयोगकै नाममा अरूले अनुचित फाइदा लिने गरेको उनको तितो अनुभव छ ।

सहयोगीहरूबाटै कुनै न कुनै हिंसा खेप्नु अपाङ्गता भएका व्यक्तिहरूलाई सामान्यजस्तै भइसकेको उनले बताउँछिन् । उनी टेबल टेनिस खेलाडी हुन् । राम्रो खेल्न सक्ने क्षमता उनमा छ तर अपाङ्ग महिला भएकै कारण धेरै पछाडि परिरहेको उनले बताउँछिन् । सैनामैना नगरपालिका रूपन्देहीकी मीनादेवी चौधरी १२ कक्षा उत्तीर्ण गरेकी छन् । उनीसँग केही प्राविधिक शिक्षा पनि छ ।

दाहिने हात दुर्घटनामा गुमाएकी भएकी चौधरीले क्षमतानुसार रोजगारीको अवसर पाउन भने सकेकी छैनिन् । अपाङ्गता हुनु नै रोजगारीबाट बञ्चित हुनुजस्तो उनलाई महसुस हुन्छ । जसले गर्दा सोचेअनुसारको प्रगति गर्न मिनालाई गाह्रो भएको छ । आर्थिक रूपले आत्मनिर्भर हुन केही रोजगार गर्न पाए हुन्थ्यो भन्ने त छ तर कसले त्यो अवसर दिन्छ मिनालाई सधै रोजगारीकै चिन्ता छ ।

अपाङ्गता भएका व्यक्तिहरूले आत्मनिर्भर हुन नसक्दा समस्यै समस्या भोग्नुपरेको छ । आत्मनिर्भर तथा स्वरोजगार नहुँदा अपाङ्गता भएका महिलाहरूलाई जीवन धान्न नै गाह्रो छ । अपाङ्गता भएका व्यक्तिले न क्षमतानुसारको जागीर नै पाउँछन्, न त आम खालको काम नै । बाँके राप्ती सोनारी गाउँपालिका–८ की प्रेमा कुसारीले नीतिगत रूपमै राज्यले केही गरिदिए राम्रो हुने बताउँछिन् ।

अपाङ्गता भएका व्यक्तिका लागि बोल्दिने उनीहरूकै संगठनबाहेक अरू कोही छैन् । अपाङ्गता भएका व्यक्तिहरूको हकहित, सीप, रोजगार र समग्र आर्थिक अवस्था सुधारका लागि राज्यले व्यवस्था गर्नुपर्ने हो । राज्यले नीति बनाउने व्यवहारमा कार्यान्वयन नगर्ने अवस्थाले अपाङ्गता भएका व्यक्तिहरू मर्कामा परेका छन् । तर पनि अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, सीप रोजगार र आत्मनिर्भरताका लागि आवाज उठाइरहेको राष्ट्रिय अपाङ्ग महासंघ लुम्बनी प्रदेशका उपाध्यक्ष देवा डाँगीको भनाइ छ ।

स्वयम् अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण महत्वपूर्ण कुरा भएकाले सचेतना, क्षमता अभिवृद्धिमा लागेको महासंघले जनाएको छ । बनेका नीतिनियमको व्यवहारिक कार्यान्वयन, अपाङ्गता भएका व्यक्तिमाथि समाजले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनसँगै स्वयम् अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here