- Advertisement -spot_img
Friday, September 29, 2023
Homeफिचरवन तथा वातावरण संरक्षण गर्न मेची–महाकाली यात्रा

वन तथा वातावरण संरक्षण गर्न मेची–महाकाली यात्रा

- Advertisement -spot_img

सल्यान, ४ भदौ । वन तथा वातावरण संरक्षणका लागि भन्दै गन्धर्व समुदायका कलाकारहरूले सारङ्गी संगीतको मेची–महाकाली यात्रा जारी राखेका छन् ।

बाँकेको कोहलपुर–११ का कलाकारहरू सारङ्गी र मादलको मिठो धुनसँगै वन जोगाउने सन्देश दिँदै सल्यान आइपुगेका छन् । नेपाल कला संगीत मञ्चमा आबद्ध ६० वर्षिय प्रेमबहादुर गन्धर्व, ५५ वर्षका दिलबहादुर गन्धर्व, शेरबहादुर गन्धर्व र ५१ वर्षिय भीमबहादुर नेपालीले मेची–महाकाली यात्राअन्तर्गत विभिन्न जिल्लामा ‘रूख रोपौँ, वन जोगाउँ’ भन्ने सन्देशसहित मौलिक रूपमा सारङ्गी संगीतसहितको प्रस्तुति दिइरहेका छन् ।

२०७९ सालबाट कर्णाली प्रदेशको सुर्खेतबाट यात्रा सुरू गरेको गन्धर्व समुदायका कलाकारहरूको समूहले अहिलेसम्म दैलेख, मुगु, हुम्ला, कालिकोट, अछाम, डोल्पा, रूकुम, प्यूठान, सल्यानसहित २२ वटा जिल्लामा वन तथा वातावरणसम्बन्धी सन्देशमूलक र चेतनामूलक गीत गाउँदै प्रस्तुति दिएको प्रेमबहादुर गन्धर्वले बताए ।

सबैलाई मोहित बनाउने सारङ्गीको धुनसँगै गन्धर्व जातिले मनोरञ्जनका माध्यमबाट नागरिकलाई सूचना दिने चलन पछिल्लो समय हराउँदै गएको छ । नेपालको मौलिक बाजा सारङ्गीको जगेर्नासँगै वन जोगाउने अभियानलाई समेत अघि बढाउन संगीत यात्रामा निरन्तर लागि परेको दिलबहादुर गन्धर्वले बताए ।

भाषणको माध्यमबाट व्यक्त गरिएको सन्देशभन्दा गीत संगीतको माध्यमबाट दिइएको सन्देश सबैले सजिलोसँग बुझ्ने र प्रभावकारी हुने भएकाले पनि आफूहरू यो अभियानमा लागेको सारंगी गन्धर्वको भनाइ छ । विशेष गरेर सन्देशमूलक र चेतनामूलक गीत गाउने उनीहरूले दर्शक श्रोताको चाहनानुसार गीत गाएर मनोरञ्जन दिने गर्छन् ।

गन्धर्व समुदायका कलाकारले सुरूवात गरेको अभियानले वनजन्तु तथा प्राकृतिक सम्पदा संरक्षणमा टेवा पु¥याउने कपुरकोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रकाश भण्डारीले बताए । उनले गाउँपालिकाले कपुरकोट जागरण अभियान चलाएको जनाउँदै जागरण अभियानअन्तर्गतको कार्यक्रममार्फत सारङ्गी सर्जकहरूसँग सहकार्य गरिने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here