संसारका धेरैजसो मानव समुदायले भोगेको कोभिड–१९ महाव्याधिको चुनौती सम्भवत अहिलेसम्मकै यो पुस्ताले भोगेको अति नै डरलाग्दो विभत्स महामारी घटना थियो । विश्वव्यापीकरणले एक बनाएको सिंगो विश्व फरक तरिकाले विभाजित हुन पुग्यो । जनगणतन्त्र चीनको हुबेई प्रान्तको औधोगिक नगरी वुहानमा पहिलोपल्ट देखापरेको कोभिड–१९ को महामारीले संसारको धेरैजसो राष्ट्रहरूलाई आव्रmान्त बनायो । यो घातक डरलाग्दो कोरोनाको महामारीले वर्तमान विश्वको एकल महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकालाई पनि थङ्थिलो पारेर गयो ।
कोभिड–१९ को महामारी कहिले, कुन बिन्दुमा पुगेर जनधनको कति ठुलो नोक्सानी गरेर साम्य हुन्छ, कसैले पनि भन्न सक्ने स्थिति ठ्याक्कै थिएन् । कोरोना भाइरस विरूद्ध लगाउने कुनै प्रकारको प्रतिरोधी खोप महामारी चलिरहेको बेला तयार भएको थिएन् । साथै, यो महाव्याधीवाट पीडित बिरामीलाई दिन सकिने कुनै खास औषधी पनि थिएन् । यो स्थितिले सम्पुर्ण मानव जातिलाई नै निरही बनाएको थियो । विश्व नै लकडाउन भएको थियो । जमिनमा गुड्ने र आकासमा उड्ने सबै सवारी ठप्प थिए ।
औद्योगिक कलकारखानाहरू बन्द भएका थिए । शैक्षिक संस्थाहरू बन्द थिए । करोडौं मान्छेहरू वेरोजगार थिए । गरिवी, भोकमरी र नोवेल कोरोना भाईरसले मन, मष्तिस्कमा उथुलपुथुल पारेको थियो त्यतिबेला । हाम्रो देश नेपालको अर्थतन्त्र मात्रै हैन् विश्व संसारको अर्थतन्त्र नै ध्वस्त र बर्बाद भएको कुरा सबैलाई सर्वविदितै छ । मान्छेहरू आ–आफ्नै पिर, व्यथा, चिन्ता र त्यतिबेलाका तापहरू एक आपसमा आदान प्रदान गर्दै मुस्कीलले जिवन निर्वाह गरेका थिए र त्यसको प्रभाव अहिलेसम्म पनि छ । त्यो प्रभाव भनेको नै ताप हो ।
साँच्चै, ताप भनेको के होला ? यही प्रश्न आज जनसमुदायमा राख्न चाहन्छु । ताप भनेको कुनै वस्तुको तातोपना हो । सामान्यता तातो रहिरहनु नै तापको परिभाषा भन्ने बुझिन्छ । विज्ञानको भाषामा ताप भन्नाले एक प्रकारको शक्तिको रूपमा बुझ्न सकिन्छ । अंगे्रजी भाषमा हिट ९ज्भबत० भन्ने हुन्छ । हिन्दी, तामिल, उर्दु, फ्रेन्च, बंगाली र चाईनिज भाषामा के के भन्छ त्यो त बढो हार्दिकताका साथ नम्र भएर सम्बन्धित विषयको जानकार हुन जरूरी छ ।
तर, जे सुकै होस् मनमा ताप, पीर र चिन्ता नभएको मानव जाति सायद यो विश्व व्रहमाण्डमा कहि कतै छैन होला । जन्मदेखि मृत्युसम्म सबैलाई आ–आफ्नै ताप, पीर, पीडा र चिन्ता छन् । त्यसैले ताप भनेको मेरो भाषामा पीर, चिन्ता, दुःख र शान्ति नहुनु, बारम्बार विगतको तितो घटनालाई सम्झनामा ल्याईरहनु, एक्लै टोलाएर बस्न रूचाउनु, रातमा निद्रा दिनमा भोक र प्यास नलाग्नु, मन मष्तिष्क भारी अर्थात् पीर हुनु पनि तापको ज्वलन्त उदाहरण हो ।
यहि तापै तापका समायोजन र विशेष संरचनामा निमार्ण भएको सिंगो शरीरलाई निश्चित सुहाउँदो तापक्रममा राख्न पनि साहृै गारो बनायो । २१ औं शताव्दीको विज्ञान, प्रविधि र सूचनाको महान युगमा मानव आधारभूत आवश्यकताको सजिलै हल गर्न नसक्दा मानसपटलमा चिन्ता पर्दाेरहेछ । तापलाई कसरी महसुस गर्ने, कसरी वहसमा राख्ने र कसरी नियन्त्रण गर्न सिक्ने भन्ने सम्बन्धमा स्वयम् व्यक्ति वा पात्र नै परिचित हुनुपर्ने भएकोले तापको व्यापक अर्थलाई सिधा र सोझो भाषामा बुझ्न त्यत्ति सजिलो भएन् । यसलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने दृष्टिकोणहरू पनि अलग–अलग र फरक–फरक भागमा विभाजित भए ।
कहिलेकाँही मनमा खुलदुली खेल्ने गर्दछ । तापको उत्पत्ति, विकास र सृजना कसरी भयो होला ? यो दुनियाँमा कुनै ताप, आपत र विपत नभएको भए सिंगो मानव जीवनको परीकल्पना कसरी गर्न सकिन्थ्यो होला ? यी मेरा मनका गम्भीर प्रश्न र जिज्ञासाहरू मात्र हुन् । यही तापको बारेमा सुनाउन एउटा सानो कविताको रचना भयो ।
खुशी छैन यो मन आफ्नो किन होला रातभरि ?
सधै हुन्छ ताप र पीर किन होला रातभरि ?
बरू यहाँ कुकुुर रून्छ सडकमा व्यथासँगै,
मौन हुन्छन् सधै यी जन किन होला रातभरि ?
रगतको रातो यौटै, ढुकढुकीको तातो एउटै,
तर फरक–फरक जीवन किन होला रातभरि ?
यो लेखेर म आफै ट्वाल्ल परे र गम्भीर भएर सोचे । हुनत सबैले एक छाक बिहान–साँझ खाएकै छन् । फाट्या र पुराना भएपनि सिंगो शरीरलाई कपडाले ढाकेकै छन् । दुःख–सुख, आपत्–विपत जे भएपनि हाँसी खुसी यो पृथ्वीमा जीवनको गुजारा चलाएका छौँ । कसैको पनि मंगल, बुध, शुक्र, र वृहस्पति ग्रहमा बसोबास छैन । सूर्यबाट नजिकैको ग्रहमा पनि बढी तापकै कारणले मानव बस्ती राख्न सकेको छैन् । जेहोस् ताप भनेको ताप नै हो ।
कति ताप्पिने ? र, कति तताउने ? भन्ने विषयमा नै यो निर्भर गर्दो रहेछ । फेरि कसलाई के कति ताप परेको छ भनेर लेखाजोखा र नापतौल गर्न पनि नसुहाउने । तपाईलाई के ताप प्यो र भनि सोध्दा उल्टै झम्टी खानु पर्ने र आफै अपमानित हुनुपर्ने यो तापलाई आज चिरफार गर्ने जमर्को गरेको छु । तापको बारेमा सवाल चलाउँदा कसैको भित्रदेखि चित्त दुख्न सक्ला । कसैले रिसको भाव राखी बदला लिन सक्ला । कसैलाई फेरि हाँसेर खुव घत लाग्न सक्ला र यो व्यङ्गकारलाई स्यावासी मिल्ला भन्दै आशैआशको परिधिमा यो लेखकले ब्यङग निवन्ध कोर्दै छ ।
सर्ब प्रथमतः आज म विभिन्न तापहरू मध्य व्यत्तिगत तापको बारेमा व्याख्या, विश्लेषण र चर्चा गर्न चाहन्छु । व्यक्तिगत ताप भन्नाले व्यक्ति स्वयम्लाई पर्ने आघात, पीर र वेदनाको सिंगो कुण्ठो नै व्यक्तिगत तापको रूपमा बुझ्न सकिन्छ । जीवनलाई सोचेजस्तो गतिमा पुराउन नसक्नु पनि व्यक्तिगत चिन्ता अर्थात ताप हो । मानौं, एउटा डकर्मीले घर बनाउन पाएन भने, भरिया दाइले दिनभर आफ्नो भारी बोक्न पाएन भने, एउटा कुशल शिक्षकले विद्यार्थीलाई पढाउन पाएन भने, एउटा किसानी दाइले असार–श्रावणको महिनामा खेतमा धान रोप्न पाएन भने, इन्जिनियरले बनाएको नयाँ पुल उद्घाटन नहुँदै भत्कियो भने त्यो जस्तो ठूलो ताप जीवनमा अरू केही हुँदैन ।
त्यसैगरी घरायसी तापलाई पनि ठूलै समस्याको रूपमा लिन सकिन्छ । जब घरपरिवारमा अशिक्षित सदस्य संख्या बढ्दै जान्छ तब प्रत्येक परिवारका सदस्यहरूको बेग्लाबेग्लै ताप र यसका नकारात्मक रूपहरू पनि देखापर्दै जान्छन् । भनिन्छ ‘गोरू बूढो भयो भने ढीक खोज्छ, मान्छे बूढो भयो भने निहुँ खोज्छ’ भनेझै बूढो भयो त तापैतापको कथा र व्यथा सुरूवात भयो । बूढेसकालको ताप पनि मृत्युसँग सम्बन्धित भएकोले बूढाबूढीको गुनासो बेग्लै प्रकारको छ । छोरा बुहारीले हेरेनन् । ना–नातिनाहरूले पनि सहयोग गरेनन् । तड्कभडकको जमानामा बुहारीको फेसन देख्दा सासू ससुरालाई खपी नसक्नु हुन्छ ।
धेरै दाइभाइ भएको घरमा भाइ–भाइको घरझगडा र ईष्या हुन्छ । नन्दले माइतबाट घरतर्फ सामान ओसार्दा भाउजूलाई पर्नसम्म ताप पर्छ । “उजेली पुजेली दिन गुमाई जुनेली रातमा बिस्कुन सुकाई”, “तै रानी मै रानी कस्ले भर्छ पानी” जस्ता उखानहरू प्रख्यात छन् । बुहारीहरू भएको घरमा आडाआड छ । ‘विवाह नहँुदासम्म आकाशको तारा झारिदिउला विवाह भएपछि बङ्गारा झारिदिउला’ भन्ने उखान कसलाई के थाहा ?
पञ्चैबाजा ठोकेर टन्न दाइजो भित्राएको श्रीमतीको श्रीमान जड्याह पर्दा कस्तो ताप पर्ला ? कुरा गरेर साध्य छैन् । प्रत्येक साँझ जाड–रक्सी घिचेर घरमा हो–हल्ला गर्दा त्यो श्रीमतीलाई खान, बस्न र सुत्न सुःखै छैन् । बाबु र आमालाई छोराछोरीको ताप औधी हुन्छ । विवाह नहुँदा विवाह भएन भन्ने ताप, विवाह भयो छोराछोरी भएनन् भन्ने ताप, छोराछोरी भए ना–नातिना कहिले होलान भन्ने यो जैविक जिवनको चक्र तापैतापको परिधिमा अल्झिरहेको छ ।
व्यक्तिगत जीवनमा देखापर्ने रोगहरूको व्यथा पनि उस्तै छ । ग्याष्टिक, जण्डिस, सुगर, उच्च रक्तचाप, टाइफइड, अल्सर, कोलेष्ट्रोल, युरिक एसिड जस्ता रोगहरू एकैचोटी उर्लेर आउँदा जिन्दगीले हरेस खान्छ । डाक्टरका औषधीहरू देख्दा वाक्क लाग्छ । आफूलाई असाध्यै मनपर्ने खानाहरूमा डाक्टरले वर्षौ दिनसम्म नखानु भनेर रोक लगाउँदा आँखाबाट आँसु झर्छ होला । जीन्दगीमा चालीसौं बसन्त काटेपछि देखापर्ने तापहरू अझ अविष्मरणीय हुन्छन् होला ।
हामी सामुदायिक तापलाई पनि समाजकै कलंकको रूपमा हेर्न सक्छौं । बेरोजगार, अशिक्षा, जनसंख्या वृद्धि तथा रूढीवादी परम्परामा पूर्ण विश्वासको कारणले समाजलाई रूपान्तर र परिवर्तन गर्न साहृै गाहृो पर्दोरहेछ । नेपाली समाज विभिन्न जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको समायोजन हो । अधिकांश मानिसहरू चेतना र शिक्षाको अभावले वेचैनको जिवन निर्वाह गरेका छन् । घर–घरमा बसेर चुरोटका खिल्लीहरू उडाएका छन् । नशा तानेर अमूल्य जिवनको मूल्य चुकाईरहेका छन् । नजिकैको भट्टी पसलमा देश बनाउने युवाहरूको भिडभाड देख्दा चिन्ता लागेर आउछ । तापैतापको लहलहैमा सबैको जीवन वर्वाद भएको छ ।
त्यसैगरी सरकारी विद्यालय, बोर्डिङ्ग, क्याम्पसदेखि विश्वविद्यालयसम्म पनि आ–आफ्नै ताप र पश्च्यातापहरू छन् । श्रम, सीप, क्षमता, मिहिनेत र योग्यता अनुसारको तलब नपाउनु शिक्षकको आफ्नै तापहरू छन् । हेडमास्टरका पनि आफ्नै अनौठा तापहरू छन् । विद्यार्थी भर्ना, परीक्षा प्रणाली, नतिजाको घोषणा, शिक्षकहरूको राजनीतिक संगठन, अभिभावकहरूको कचकच, विद्यालयमा चेनअफ कमाण्ड बिग्रिनु पनि हेडसरका टाउको दुखाईका विषय हुन् ।
स्वास्थ्य क्षेत्रका समस्याहरू र बेथिति पनि कम छैनन्, हाम्रो नेपालमा । एउटा डाक्टरलाई बिरामी अप्रेसन गर्न प¥यो भने भगवान भरोसा हुन्छ । केही कारणले बिरामी मरिहाल्यो भने डाक्टरलाई पिट्ने, अस्पताल तोड्फोड गर्ने, सडकमा टायर बाल्ने, आन्दोलन गर्ने र भएको रिस भरि प्रहरीमाथि खन्निने प्रवृति एउटा परम्परा झै विकास भएको छ ।
कर्मचारीले नयाँ वर्षमा नयाँ तलब बृद्धि होला भनेर आशा राख्नु पनि बेकार छ । थोरै तलबले परिवार पाल्न गाहृो छ । जिन्दगीका सपनाहरू कहिल्यै पुरा भएनन् । सधैभरि पीडा र दुःख संगाली रूदै हिड्नु परेको छ, मानिसहरूलाई । मान्छेलाई त्यही पिर न हो । पीरको भारी बिसाउने ठाँउहरू भेटिएनन् भने जिन्दगीले हरेस मात्र होईन चरेस पनि खादो रहेछ ।
क्याम्पस र विश्वविद्यालयमा हजारौ विद्यार्थीको भविष्य अन्योलमा छ । कसैकसैले नेपालका विश्वविद्यालयहरू बेरोजगारको भरती केन्द्र भनेर तिखो वाण हान्न समेत भ्याएका छन् । तर, स्थिति नाजुक नै छ । उच्च शिक्षा अध्ययन पश्चात भनेजस्तो जागिर नेपालमा नपाएर सर्टिफिकेटलाई थोत्रो झोलामा थन्काएर, बूढा बा–आमा, श्रीमती र केटाकेटीहरूलाई सम्झाई बुझाई घरमा बसालेर बा–आमाको हातबाट राता टिका निधारमा लगाई आर्शिवाद थाप्दा लाखौ परिवारका आँशु झरेका छन् । घर, ईष्टमित्र, छिमेक र सिंगो देशलाई चटक्कै छाडेर दिनका दिन हजारौंको संख्यामा आकाशमा उडेर विदेश जाँदा केही खुसी भएतापनि गाउँ घरको यादले निकै नै सताउदो रहेछ । “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” त्यसै भनिएको रहेनछ् ।
आजको देश, विदेश र सिंगो विश्व ब्रह्माण्डमा मानव समुदायको बाक्लो वस्ती छ । त्यही आ–आफ्ना बस्तीहरूका आ–आफ्नै ताप, पिर, चिन्ता र कुण्ठाहरू छन् । कतै विकास भएन भन्ने चिन्ता छ कतै विकासको कारणले बिनाश भयो भन्ने चिन्ता पनि छ । विचित्र छ, संसारको लिला । मलाई लाग्छ, सकरात्मक सोचको विकास गर्ने नै हो भने ताप प्रगतिको खुड्किलो हो । जबसम्म मान्छेलाई ताप पर्र्दैन नि तबसम्म उसले अगाडी बढ्ने चेष्टा नै गर्दैन् । तापले केही कुरा सिकाउछ । संर्घषको बाटोमा अग्रसर गराउँछ । फेरि, जिवनमा तापै नपर्ने भइदिएको भए हाम्रो जिवन कसरी सफल र सार्थक हुन्थ्यो होला र ? त्यही तापको महत्वपूर्ण योगदानले अव्राहम लिङ्कन अमेरिकाको १६ औं राष्ट्रपति बने ।
जर्मनको उल्म भन्ने ठाउँमा पिता हरमन आइन्स्टाइन र माता पाउलिन आइन्स्टाइनको कोखबाट जन्मिएका अल्वर्ट आइन्स्टाइनलाई एउटा गणित शिक्षकले तिमीले सात जुनिसम्म पनि गणित सिक्न सक्दैनौ भन्दा ठूलो ताप परेको थियो होला । त्यही तापको चिन्तन र जिज्ञासाले भ्.mअद्द को आविष्कार हुन पुग्यो । सर आइज्याक न्यूटनलाई स्याउ तलतिर किन खस्यो भन्ने तापले महान वैज्ञानिक रूपमा संसारमा चिनायो । व्रिmस्टोफोर कोलम्बसलाई अमेरिका पत्ता लगाउने अवसर प्रदान ग¥यो ।
सिद्धार्थ गौतम बुद्धले शान्ति र अहिंसाको खोजीमा दरबार त्यागे । घरपरिवारकै तापले गर्दा झमक घिमिरेले आफ्नो हातहरू नभएपनि खुट्टाको सहायताले अक्षर लेख्ने दृढ संकल्प गरिन । फलस्वरूप जीवन काडाँ कि फूल ? भन्ने उपन्यासले मदन पुरूस्कार प्राप्त ग¥यो । दक्षिण अफ्रिकामा रङ्गभेद विरूद्ध सङ्घर्ष गर्ने अठोट गरेका विश्वमा सबभन्दा बढी जेल जीवन बिताउने व्यक्ति र जन निर्वाचित प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलालाई दुई–दुई वटा श्रीमती एवेलिन र विन्नीसँग पारपाचुके गर्नुपर्दा कति ठूलो ताप प¥यो होला ?
रूसका प्रथम अन्तरिक्ष यात्री युरी गागरिनलाई अन्तरिक्षतर्फका पहिलो यात्रा सफल भएन भने के गर्ने होला भन्ने तापले सतायो होला । रेडियम पत्ता लगाउने दुई लोग्ने स्वास्नीलाई सन् १९०३ मा दुबैलाई नोवेल पुरूस्कार प्राप्त भएको थियो । तिनै श्रीमान श्रीमती मेरी क्युरी र पियरे क्यरी मध्य पियरेको मृत्यु हँुदा मेरी क्युरीलाई दुई छोरी इरेन र इभेलालाई हुर्काउन, पढाउन र वैज्ञानिक कर्ममा लगाउन कति हम्मे हम्मे प¥यो होला ? रविन्द्रनाथ टैगोर, भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, विलियम सेक्सपियर जस्ता महान साहित्यकारहरू साहित्यकै तापमा आफ्नो जीवन समर्पण गरे ।
जेहोस यो विशाल पृथ्वीमा तापको निश्चित मात्रा सबैलाई आवश्यकता पर्दछ । तापको न्यानो माया बिना हामी बाँच्न सक्दैनौं । घरमा चुलो बाल्न, खाना पकाउनदेखि लिएर रेल रकेट र अन्तरिक्षको उडान भर्नको लागि पनि तापको ठूलो महत्व रहन्छ । एउटा पोथी कुखुरालाई पनि अण्डा कोरल्न तापको आवश्यकता अपरिहार्य हुन्छ । ६० वर्षे बूढाबूढीलाई मध्य पुषको जाडोमा तापकौ बढी आवश्यकता पर्दछ । तापको अर्थ र परिभाषालाई साँघुरो घेरामा राखेर हेर्न सकिदैन् । यस्को अर्थ व्यापक र विशिष्ट प्रकारको छ ।
घरदेखि प्रदेशसम्म देखापरेका अन्तर्राष्ट्रियस्तरका घटनाहरूले विश्वसमुदायलाई पार्नुसम्म ताप पारेको छ । विश्वका विभिन्न देशमा अशान्ति, हिंसा, गरिबी, बेरोजगार, भ्रष्टाचार, महिला हिंसा र प्राकृतिक प्रकोप र महामारी जस्ता घटनाहरूले लाखौ मान्छेको ज्यान गईसकेको छ भने करोडौंको घरबार बिचल्ली भएको छ । विश्वमा धनी र विकसित राष्ट्रहरू विज्ञान र प्रविधिको कुरा गर्दा हाम्रो देश नेपालमा झाडा पखालाले १० जनाको मृत्य भन्ने खबर आउछ, बैतडीमा छाउगोठ गएकी १६ वर्षीया किशोरीलाई सर्पले डस्दा घटनास्थलमा मृत्यु, ताप्लेजुङमा खाद्यान्न पुगेन, डोल्पामा नुन नपुग्दा मानिसहरू चिन्तित समस्याहरू देशका राष्ट्रिय खबरहरू बन्छन् ।
यो देशको वर्तमान राजनीतिक अवस्था हो । यति सानो देशमा पनि मान्छेले अनेकौ नचाहिने उच्छङ्खल घटना गर्दा चिन्ता लाग्छ । जताततैको बेतिथि डामाडोल छ । बनेको र सुध्रिएको अवस्था कहिकतै छैन । स्वास्थ्य चौकीमा बिरामी लगेर गयो डाक्टर छैन् । पासपोर्ट बनाउन प्रशासन कार्यालयमा गयो हाकिम छैन । जरूरत कामको लागि विदेशमा रहेको छोरालाई फोन गर्न खोज्यो मोवाईलमा नेटवर्क छैन । छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना ग¥यो पढाईको गुणस्तर राम्रो छैन् । स्कुले विद्यार्थी वलात्कृत भइन् न्याय माग्न जिल्ला अदालततिर धायो न्यायधिसले महिनौ दिनसम्म तारिख लाइदिन्छ । त्यसैले हामी सबै मानवजाती तापैतापको भुमरीमा छौं । तापकौ जंजिरले हामीलाई बेस्सरी बाँधेको छ ।
अन्त्यमा, सिंगो विश्वब्रहमाण्ड, सूर्य, तारा र सिंगो सौर्य परिवारलाई बचाउनु छ । विश्व मानव समुदायलाई विश्ववन्धुत्वको भावनामा जिवन्त दिनु छ । सबै हामी एकैचोटी तात्तिने, आत्तिने र मात्तिने काम गर्नु हुँदैन् । दुई विश्वयुद्ध र एक कोरोना युद्धले महान गतिलो सन्देश दिइसकेका छन् । ठूला राष्ट्रहरू– ‘सुइच द बटन फिनिस द ओरल्ड’ भन्छन् । हामी अब सचेत हुनुपर्दछ । मान्छे तात्तियो भने विश्व विनास हुन्छ । हामी हाँसेर, नाचेर खुसीसँग बाँचेर विश्वलाई रङ्गीन बनाउन छ ।
त्यसैले तापलाई बुझौं र यसको आवश्यकतालाई महशुस गरौं । दीर्घ र स्वस्थ जीवनको लागि मनका सबै तापहरू हटाउनैपर्छ । विगतका तीता अनुभव र यादहरू बिर्सनुपर्छ । टन्न खाएर जिङरीङ्ग मोटाउनपर्छ । आफन्त र इष्टमित्रसँग खित्का छोडेर हाँस्न जान्नुपर्दछ । ‘जो हास्यो उही धेरै बाँच्यो’ भन्ने उखानलाई मनन गर्नुपर्दछ । जीन्दगीमा दुःख पाए, रोगले सतायो, गरिब भए, बेरोजगार भए, श्रीमती पोइल गई, श्रीमानले छोड्यो, खडेरी परेर खेतीपाती राम्रो भएन, देशमा शुसासन कहिल्य भएन, भ्रष्टचारले सिमा नाघ्यो, देशको प्रतिव्यक्ति ऋण सत्तरी हजार नाघ्नै थाल्यो भनेर बढ्ता चिन्ता र ताप गर्नु भनेको समय बर्बाद र नष्ट गर्नु रहेछ । त्यसैले एउटा नीति शास्त्रमा उल्लेख गरेको कुरा लेख्न मन लाग्यो ।
सर्बे भवन्तु सुखिन
सर्वे सन्तु निरामया
सर्वे भदाणि पश्यन्तु
मा कश्चित दुख भाग्भवेत ।।