Friday, May 17, 2024
Homeफिचरमुख्यमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र

मुख्यमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ३२ साउन । बिजौरी उद्योग वाणिज्य संघले सडक विस्तार र मर्मतको माग गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई सातबुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्काको नेतृत्वको टोलीले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाएको हो ।

बिजौरी उद्योग वाणिज्य संघको मातहतमा रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १४, १५, १६, १७, १८ र १९ का उद्योगी, व्यवसायी र जनताहरूबाट व्यापार, व्यवसायमा अत्यन्तै दखल भएको जनगुनासो आएकोले यस क्षेत्रभित्र पर्ने सडक विस्तार र मर्मत सम्भारका लागि आवश्यक बजेट माग गरिएको संघका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार बिजौरी उद्योग वाणिज्य संघको क्षेत्रभित्र पर्ने रोल्पा दहवन, रानीवास, कुर्जा, कुटेचौर, बिजौरी हुँदै डुरूवा–जलकुण्डी सडक विस्तार तथा मर्मत गर्ने, गुहारखोला रानीवास पक्की पुल निर्माण गर्ने, बिजौरी–स्यालापानी–छिल्लीकोट सडक विस्तार गर्ने, बिजौरी शिवालय, बकुलाही–साइपुरसम्म सडक मर्मत गर्ने, बिजौरी–भट्ेकुला–साइपुर सडक मर्मत तथा विस्तार गर्ने, हेमन्तपुर–निमुवा–जमेरा हुँदै वनकट्टासम्म सडक मर्मत गर्ने र जुरपनिया–मैनातारा खानेपानी कार्यालयदेखि हंसपुरा–अक्कासी–गैरा जोड्ने सडक मर्मत तथा पक्की गर्नका लागि मुख्यमन्त्री चौधरीलाई आवश्यक बजेटको माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री चौधरीले बिजौरी क्षेत्रको शान्ति सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेरा र सडक बत्तीको लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । उनले आगामी वर्षसम्म अन्य मागहरूलाई पनि सम्बोधन गर्ने बताए ।

कानुनी र प्रेस सल्लाहकारलाई स्वागत

बिजौरी उद्योग वाणिज्य संघले दुई सल्लाहकारलाई स्वागत गरेको छ । संघले बिहीबार बिजौरीमा संघका कानुनी सल्लाहकार विष्णुमणि धिताल र प्रेस सल्लाहकार यमकला भुसाललाई स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका कानुनी सल्लाहाकार एवं वरिष्ठ अधिवक्ता विष्णुमणि धितालले संघले सञ्चालन गर्ने हरेक क्रियाकलापमा सँगसँगै रहने र पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । त्यस्तै प्रेस सल्लाहकार यमकला भुसालले उद्योग वाणिज्य संघको विधिविधानमा टेकेर जिम्मेवारीपूर्वक संघका गतिविधिहरूलाई आम नागरिकसम्म पु¥याउन कटिबद्ध भएर लाग्ने प्रतिवद्धता जनाइन् ।

कार्यक्रममा बिजौरी उद्योग वाणिज्य सघंका पूर्वअध्यक्ष मुक्तबहादुर वली (मुकेश), निवर्तमान महासचिव बिदुर गौतम, रेडक्रस बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मीलगायतले नयाँ कार्यसमिति आइसकेपछि संघका काम प्रगतिहरू तिव्र गतिमा भैरहेको भन्दै प्रशंसा गरे । संघका गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिँदै लैजान उनीहरूले आग्रह गरे ।

त्यस्तै आर्थिक मन्दीका कारण पछिल्लो समय धरासायी बन्दै गएका व्यापार, व्यवसायलाई माथि उठाउन र व्यवसायीको हकहितका निम्ति संघले पहल गर्नुपर्ने बताए । बिजौरी उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष चित्रबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण संघका महासचिव दीपक कुमार बस्नेतले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here